विराटचाेक : मोरङको सुन्दरहरैंचा नगरपालिकामा बाँसको मुडा बनाउने तालिम शुरू गरेको छ । वडा ५ को पर्यटकीय क्षेत्र हसिना सिमसारमा विपन्नलाई बाँसको मुढा बनाउने तालिम शुक्रबारदेखि सुरु भएको हाे । नमुना सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा स्थानीय गरिब तथा विपन्न ४० जनालाई बाँसको मुढा बनाउने तालिम दिन लागिएको आयाेजक नमुना सामुदायिक वनले जनाएको छ ।
तालिममा सहभागी भएका विपन्न नागरिकलाई सीप सिकेर जीविकोपार्जन गर्न सहज हुने विश्वास नमुना सामुदायिक वन उपभोक्ता समितले जनाएको छ । सिकेको सीपलाई व्यावसायिक रूपमा अगाडि बढाउने उद्देश्यअनुसार तालिम सञ्चालन गरिएको उपभोक्ता समितका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए । १० दिन सम्म चल्ने उक्त कार्यक्रमको प्रशिक्षक प्रवीण राई रहेका छन्।