विराटचाेक: माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले व्यवसाय दर्ता तथा नवीकरण अभियान शुरु गरेको छ । सोमबार नगरपालिकाको वडा नम्बर ४ स्थित बलियाबाट यो अभियान सुरु भएको हो ।

अभियानको सुभारम्भ गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईले नगरपालिकाभित्र सञ्चालनमा रहेका तर दर्ता नभएका व्यवसायलाई सहजताका लागि घरमै पुगेर सेवा दिने उदेश्यले अभियान सञ्चालन गरेको बताउनुभयो ।

पसलमै पुगेर व्यवसायीलाई प्रमाणपत्र दिदै “ उद्योग तथा व्यवसाय दर्ता नगरी सञ्चालन भएका छन्, कतिपय दर्ता भएकाले पनि नियमित नवीकरण गरेका छैनन्, व्यवसायलाई दर्ता गरी कानुनी ढंगबाट व्यवस्थित रुपमा सञ्चालन गर्ने उदेश्य ले याे अभियान सञ्चालन गरिएको ” नगरप्रमुख गुरागाईले बताउनु भयो ।

नगरपालिकाका राजश्व शाखा प्रमुख राजन रेग्मीले पहिलो दिन १५ वटा नयाँ व्यवसाय दर्ता र २ वटा नवीकरण गरिएको जानकारी दिँदै यो अभियानले व्यवसायी उत्साहित भएको बताउनुभयो ।
व्यवसायीको सहजताका लागि टोलीले घरदैलोमै पुगेर व्यवसायको सबै प्रक्रिया पुर्याएर त्यही दर्ता गरी प्रमाणपत्र दिने व्यवस्था मिलाईएकाे समेत उहाँले बताउनु भयाे ।


अभियानमा वडा नम्बर ४ का वडा अध्यक्ष कैलाश बस्नेत, सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष जीवनप्रसाद ढुंगाना, कार्यपालिका सदस्य दुर्गा पाेख्रेल, वडा सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेकाे थियाे ।