फिचर समाचार

सुन्दरहरैँचामा सम्पन्न मेयर कपकाे उपाधि वडा नम्बर ७ लाई

विराटचाेक: माेरङकाे सुन्दरहरैँचामा जारी मेयरकप २०८० काे उपाधि वडा नम्बर ७ ले हात पारेको छ । शुक्रबार भएको फाईनल खेलमा वडा नम्बर ६ लाई १ का विरूद्ध २ गाेलले  पराजित गर्दै  वडा स्तरीय नकाआउट फुटबल प्रतियोगिता को उपाधि सुन्दरहरैँचा वडा नं ७ ले जितेको हाे । प्रथम हुने विजयी खेलाडीलाई नगद रू १ लाख ३५ हजार सहित ट्रफी, मेडल प्रदान गरिएको छ । 

यस्तै खेलकाे उपबिजेता  वडा नम्बर  ६  बन्दै ६७ हजार ५ सय नगद सहित  ट्रफि, सिल्ड प्रदान गरिएको छ  ।  खेलमा म्यान अफ द म्याच  वडा नम्बर   ७ का विशाल भण्डारी घाेसित भएका छन् । यस्तै  सर्वाधिक गाेल कर्ता १० नम्बर वडाका सुदिप खड्का भएका छन् ।  वडा  नम्बर  ७ का बिवस गुरुङ  वेष्ट गोल्डकिपर  घाेषित भए ।  कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईँ, पूर्व राज्य मन्त्री राजकुमार ओझालगायतले विजेतालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।