विराटचाेक: लुमन्ति आवासकालागि सहयाेग समूहकाे आयाेजनामा सामुदायिक याेजना प्रदर्शनी मेला गरिएको छ । माेरङकाे सुन्दरहरैँचा नगरपालिका स्थित गाेकर्ण रिसाेर्टमा शनिबार मेलाकाे आयाेजना गरिएको हाे । साे प्रदर्शनीमा सबै नगरका २२ वटा समुदायबाट भएका समस्या, गर्नुपर्ने काम र साेकाे याेजनालाई जनप्रतिनिधिले प्रतिवद्धता जनाएर आगामी याेजना निर्माणमा प्राथमिकता दिने जनाएका छन् । समुदायमा हुने जाेखिम न्यूनीकरण गर्न याे कार्यक्रमले सहयाेग पुग्ने बताइएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाई रहनुभएकाे थियो । यस्तै वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न २२ वटा समुदायका व्यक्ति, कार्यक्रमकाे अध्यक्षता लुमन्ति आवास परियाेजनाका फिल्म संयाेजक लक्ष्मी राई रहनुभएकाे थियोे ।