कोशी प्रदेश फिचर शिक्षा समाचार

सुन्दरहरैँचामा हस्तलेखन प्रतियोगिता सम्पन्न 

विराटचाेक : मोरङको सुन्दरहरैचामा नेपाली तथा अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । नेसनल प्याब्सन सुन्दरहरैचा नगर समितीले आयोजना गरेको नगर स्तरीय नेपाली तथा अङ्ग्रेजी हस्तलेखन प्रतियोगितामा सुन्दरहरैंचा १० रहेको हिमालय इंगलिस स्कुल जुनियरतर्फ नेपाली तथा अङ्ग्रेजी दुबैमा प्राथमिक प्रथम भएको छ ।

अंग्रेज़ी तर्फ तृतीय र आधरभुत तहमा नेपाली तर्फ प्रथम अङ्ग्रेजी तर्फ द्वितीय स्थान हासिल गर्न सफल भएको हिमालय इंगलिस स्कुल संस्थापक प्रीन्सिपल कमल खनालले जानकारी दिए।

यस्तै, जुनियर तर्फ नेपाली बाल बगैचा द्वितीय र कसमस एकेडेमी तृतीय बनेको छ भने जुनियर अङ्ग्रेजी तर्फ मदरल्याण्ड द्वितीय र पाठशाला तृतीय बनेको छ।

आधारभुत नेपाली तह तर्फ पाठशाला द्वितीय र मदरल्याण्ड स्कुल तृतीय बनेको छ भने आधारभूत अङ्ग्रेजी तर्फ मदरल्याण्ड स्कुल प्रथम, पाठशाला द्वितीय बनेको छ।

 आधारभुत (जुनियर) तर्फ नेपाली तर्फ हिमालय स्कुल प्रथम र काली देबि स्कुल द्वितीय भनेको छ भने अङ्ग्रेजी काली देबि प्रथम र हिमालय स्कुलले द्वितीय स्थान हासिल गर्न सफल भएको छ।

विजेताहरुलाई पुरस्कार तथा मेडल वितरण गर्दै कार्यक्रमका प्रमुख अथिति,सुन्दरहरैचा १२ का अध्यक्ष तथा नगर प्रवक्ता रोशनप्रसाद ढकालले सुन्दरहरैचालाई राम्रो बनाउने हो भने पहिलो कुरा शिक्षा राम्रो हुनुपर्नेमा जोड दिए।

सुन्दरहरैचामा रहेको एनप्यापसनसंग बसेर सबै बिषयमा छलफल गर्न नगर तयार रहेको समेत बताए। सुन्दरहरैचालाई शैक्षिक हवको रुपमा विकास गर्न नगरले कुनै कसर पनि बाँकी नराख्ने र जस्तोसुकै सहयोग गर्ने  उनको भनाइ थियो। हस्तलेखन प्रतियोगिता १० वटा बिद्यालयहरुको सहभागिता रहेको थियो।