विराटचाेक: सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे सफत ग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ । आइतबार नेपालीरिका हाेटलमा भब्य कार्यक्रम बिच पदस्थापन सम्पन्न भएको हाे ।
पदस्थापन तथा सपथग्रहण कार्यक्रममा प्रमुख अतिथि सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल रहनुभएकाे थियो ।

निर्वाचन समितिले यश अघि अध्यक्ष नारायण कार्कीकाे नेतृत्वमा सबै पद सर्वसम्मत चयन भएका थियो । जसअनुसार वरिष्ठ उपाध्यक्ष ज्ञानप्रसाद ढकाल, उपाध्यक्ष :डोलेश्रर तिम्सिना , उपाध्यक्ष :नगेन्द्र दाहाल, उपाध्यक्ष :उज्वल थापा, उपाध्यक्ष :डिल्ली प्रसाद ढकाल, महासचिव :हरि कार्की, उपमहासचिव रामकृष्ण खड्का, सचिव: शारदा प्रसाद ढकाल, सचीव: रामकुमार बस्नेत (विप्लव) , सचीव: मनोज गुरागाई, सचिव नायक धमला रहनुभएकाे छ ।

यसैगरी सदस्यहरू गोपाल फुयाल, मोहन पोख्रेल, नवराज खरेल, माधव सिवा, टीका कडेल, प्रदिप मास्के, गिता चापागाईं, अनिता अधिकारी, पदमा बजगाई, आकाश दुलाल, सुजाता पौडेल, कृष्णप्रसाद पराजुली, सुरेश रेग्मी रहनुभएकाे छ ।

यस्तै लेखा संयोजक रुद्र थापा, लेखा सदस्य कृष्णप्रसाद आचार्य, धरनीधर दाहाल रहनुभएकाे छ । निर्वाचित सबैलाई निर्वाचन आयुक्त रामप्रसाद गजुरेलले सफत गराउनुभएकाे थियो । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि ढकालले सुन्दरहरैँचा उद्योग वाणिज्य संघ जस्तो महत्त्वपूर्ण संस्थालेले गरेका काम र यहाँको राजनीति, सामाजिक एकता देखेर अरूले पनि पाठ सिक्नुपर्ने धारणा राख्नुभयाे ।

३ हजार भन्दा धेरै सदस्य रहेकाे याे संस्थालेले उद्योगी व्यापारीका साथै समाज सुधारमा समेत काम गर्दै आएकाे छ ।