फिचर शिक्षा समाचार

सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे समन्वयमा घरवहाल सम्बन्धि अन्तरक्रिया

विराटचाेक:   सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे आव्हान  घरवहाल व्यवस्थापन समितिकाे संयुक्त आयाेजनामा घरवहाल समस्या समाधानका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

 शनिबार संघकाे सभाहल सुन्दरहरैँचा १० भएको अन्तरक्रियामा घर धनि व्यवसायीहरूकाे सहभागीता रहेकाे थियाे । अन्तरक्रियामा आर्थिक मन्दीका कारण व्यवसायी, घरधनीका साझा समस्या रहेकाले यसकाे  समाधानका उपायका विषयमा समेत छलफल भएको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयाे । 

यसका साथै घरवहाल व्यवस्थापन समिति र उद्योग वाणिज्य संघ विच २०८२ चैत सम्म घरवहाल (घर भाडा) वृद्धि नगर्ने निर्णय भएको समेत बताउनुभयाे  ।  मन्दीबाट व्यावसायमा देखिएको समस्या न्यूनीकरण नभएको अवस्थामा व्यावसायीहरुको मनोबल उच्च बनाउन याे निर्णय भएको अध्यक्ष कार्कीले बताउनुभयाे ।

“आर्थिक मन्दीबाट उत्पन्न व्यावसायिक समस्या

न्यूनीकरण लगायत विषयहरुको छलफल पश्चात घरधनी र बहालवाला विच सुमधुर सम्बन्ध सदैव स्थापित राखि  बहाल सम्झौता अनिवार्य गर्ने, नगरपालिका बाट प्राप्त घर बहाल कर ८०% छुट सदुपयाेग गर्न सबै घरधनी सामेल हुने साथै अहिले देखिएको आर्थिक मन्दीबाट व्यावसायमा देखिएको समस्या न्यूनीकरण संगै व्यावसायीहरुको मनोबल उच्च बनाउन र व्यावसायीक वातावरण सहज नहुन्जेल याे निर्णय गरिएको” घरवहाल व्यवस्थापन समिति संयाेजक कृष्णबाबु ढकाल र सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीद्वारा जारी आभार तथा धन्यवाद पत्रमा  उल्लेख गरिएको छ ।

कार्यक्रममा घरवाला उद्योग वाणिज्य संघका पदाधिकारी, पूर्व अध्यक्ष, उद्योगी व्यापारी समेतको सहभागीता रहेको थियो ।