कोशी प्रदेश पर्यटन फिचर शिक्षा समाचार स्थानिय

सुन्दरहरैँचा नगरपालिकाले ल्यायो १ अर्व ७१ कराेड २७ लाखकाे बजेट 

विराटचाेक /  सुन्दरहरैँचा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि १ अर्व ७१ कराेड २७ लाख ५९ हजार १ सय ८० रूपैयाँकाे बजेट ल्याएको छ । मंगलबार नगर उपप्रमुख अकली चाैधरीले उक्त बजेट सभा समक्ष प्रस्तुत गर्नुभएको हाे । जसमा पूर्वाधार विकास तर्फ रु ६१ करोड ३७ लाख , आर्थिक विकास तर्फ रु २ करोड ८६ लाख , सामाजिक विकास तर्फ रु ४६ करोड १२ लाख २ हजार रकम विनियोजन गरिएको छ । 

यस्तै  वन तथा वातावरण विपद व्यवस्थापन तर्फ रु १ करोड ७५ लाख, सुशासन तथा संस्थागत विकास तर्फ रू २ करोड ६३ लाख विनियोजन गरिएको हाे । 

आ. व. २०८२ / ८३ मा सम्पन्न गर्ने गरी बहुबर्षिय क्रमागत आयोजनाहरु कार्यान्वयनका लागि रु ६ करोड ३ लाख ५७ हजार १८० रुपैया विनियोजन गरिएको छ । 

वडागत बजेट सिलिङ तर्फ चालु खर्चका लागि रु ३ करोड ७६ लाख ८८ हजार तथा पुँजिगत तर्फ रु १४ करोड ५९ लाख १२ हाजर गरी जम्मा रु १८ करोड ३६ लाख रकम विनीयोजन गरेको हाे । 

कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ रु २५ करोड ५० लाख रकम विनियोजन गरेको छ ।  नगर र वडाको साझेदारीमा वडा गौरवको आयोजनाको लागि साझेदारी रकम रू ६ करोड विनियोजन गरेको छ । वितिय व्यवस्थापन अन्तर्गत ऋण तथा सावा ब्याज भुक्तानीका लागि रु  ६५ लाख रकम विनियोजन गरेको छ । 

यसरी समग्र रुपमा चालु खर्च तर्फ रु ८२ करोड ६२ लाख ९० हजार  विनियोजन गरिएकाे छ । त्यस्तै पुँजीगत खर्च तर्फ रु ८७ करोड ९९ लाख ६९ हजार १८० रकम विनियोजन गरिएको छ ।  यसैगरी  वितिय व्यवस्थापन शिर्षकमा रु ६५ लाख गरी आर्थिक वर्ष २०८२/ ०८३ का लागि जम्मा रु १ अर्ब ७१ करोड २७ लाख ५९ हजार १८० रूपैयाँ बजेट विनियोजन गरिएको हाे । 

 नगरपालिकाले आ।व। २०८२/०८३मा निम्नानुसार  आयकाे लक्ष राखेको छ ।

१. नगरपालिकाको आन्तरिक आम्दानी तर्फ रु। १६ करोड संकलन हुने प्रक्षेपण गरिएको छ ।

२. गछिया, लोहान्द्रा र बुढी खोलाको नदीजन्य पदार्थको बिक्रिबाट (स्थानीय राजश्व बाँडफाँड) प्राप्त हुने आय रू ५ करोड संकलन गर्ने लक्ष्य लिइएको छ ।

३. बन क्षेत्रको ढुंगा गिटि बिक्रिबाट प्राप्त हुने आम्दानी रू। ७ करोड ८० लाख ३० हजार ८५ रूपैँया संकलन गर्ने लक्ष्य लिइएको छ ।  

४. प्रदेश सरकारबाट राजश्व बाँडफाँड (सवारी साधन कर र विज्ञापन कर) बापत रू। १ करोड ७३ लाख ३१ हजार ७९९ प्राप्त हुने अनुमान गरिएको छ । 

५.संघीय सरकारबाट राजश्व बाँडफाँड (मुल्य अभिवृद्धि कर, अन्त शुल्क र बन रोयल्टी) बापत रु। १६ करोड १४ लाख ११ हजार २९६ प्राप्त हुने अनुमान गरिएको छ । 

६. मालपोत रजिष्ट्रेशन दस्तुर (स्थानीय राजश्व बाँडफाँड) वापत रू। ११ करोड प्राप्त हुने अनुमान रहेको छ। 

७. संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु। २० करोड ४५ लाख हुने अनुमान गरिएको छ । त्यस्तै प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु। १ करोड ९३ लाख १४ हजार हुनेछ । 

८. संघीय सरकार र यस नगरपालिका बिच साझेदारीमा सञ्चालन गर्ने गरि समपूरक अनुदान पुँजीगत तर्फ रु ६८ लाख रकम प्राप्त हुने छ । त्यस्तै कोशी प्रदेश सरकारबाट समपुरक अनुदान शिर्षकमा रु ७० लाख प्राप्त हुनेछ।

९. संघीय सरकार सशर्त अनुदान मार्फत कार्यक्रम सहित चालु खर्च तर्फ रू। ३६ करोड १८ लाख प्राप्त हुनेछ । 

१०. संघीय सरकार सशर्त अनुदान मार्फत आयोजना सहित पूँजिगत खर्च तर्फ रू ३४ करोड ९ लाख रकम प्राप्त हुनेछ । 

११. संघीय सरकार बिषेश अनुदान मार्फत रू ५ करोड ६३ लाख बजेट प्राप्त हुनेछ ।

१२. कोशी प्रदेश सरकार सशर्त अनुदान तर्फ रू। ९३ लाख ७२ हजार मध्ये पुँजिगत तर्फ रू। ५२ लाख र चालु तर्फ रू। ४१ लाख ७२ हजार प्राप्त हुनेछ । 

१३. अल्याबाट रू १३ करोड रहने अनुमान गरिएको छ । 

प्रस्तुत गरिएको बजेट तथा कार्यक्रम आगामी शुक्रबार नगरसभाले छलफल गरेर पारित गर्ने छ । यश अघि नगरप्रमुख केदारप्रसाद गुरागाईंले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रम छलफल पछि आज सर्वसम्मतिले पारित गरिएको थियो ।