विराटचाेक: माेरङकाे सुन्दरहरैँचा नगरपालिकाले कृषकलाई पावर स्प्रे वितरण गरेकाे छ । नगरपालिकाकाे धान बालि प्रवर्द्धन अन्तर्गत ५४ वटा र भटमास विस्तार तथा उत्पादन कार्यक्रम अन्तर्गत ६६ गरी जम्मा १ सय ११ थान सामाग्री कृषकलाई वितरण गरेको हाे ।

शुक्रबार कृषि शाखा प्रमुख फडिन्द्र भट्टराई तथा प्रशासन प्रमुख गुणनिधि दाहालले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हाे । ५० प्रतिशत अनुदानमा उक्त सामाग्री प्रदान गरिएकाेशाखा प्रमुख भट्टराईले बताउनुभयाे ।

स्प्रे प्रयाेग गर्ने तरीका कृषि प्राविधिक सुदिप भण्डारीले सहभागी कृषकलाई बताउनुभएको थियाे । विशेषगरी स्प्रेबाट विषादी, भिटामिन, मल हाल्न सकिने बताईएकाे छ
