कोशी प्रदेश फिचर विचार शिक्षा समाचार स्थानिय

सुन्दरहरैँचा नगरपालिकाद्वारा तीन वर्षको उपलब्धि समेटिएको बुकलेट प्रकाशित 

विराटचाेक:  स्थानीय तहको दोस्रो निर्वाचन, २०७९ पछिका तीन आर्थिक वर्षमा सुन्दरहरैँचा नगरपालिकाले गरेका विकास निर्माण, नीति तथा कार्यक्रम कार्यान्वयन र  उपलब्धिहरूको समग्र विवरण समेटिएको बुकलेट प्रकाशित  गरेको छ।

पहिलो पृष्ठमा पूर्वाधार विकास क्षेत्रका उपलब्धि र आर्थिक क्षेत्रका उपलब्धि समाबेश गरिएको छ । पूर्वाधार विकास क्षेत्रमा नगरपालिकाले आन्तरिक तथा बाह्य स्रोतबाट जम्मा ३२ किलोमिटर सडक कालोपत्रे निर्माण गरेको उल्लेख गरिएको छ। यस्तै, ३० किलोमिटर पेबल्स सडक, ४४ किलोमिटर ग्राभेल, ११ किलोमिटर ड्रेन र ४४ किलोमिटर एजिङ निर्माण भएको जनाइएको छ।

नगरपालिकाले नयाँ वर्ष २०८२ सालका अवसर प्रकाशित गरेकाे बुकलेटमा नयाँ नेतृत्व आएपछि भएका ३ आर्थिक वर्षको सामाजिक, कृषि, स्वास्थ्य, शिक्षा, विकास निर्माण लगायत धेरै क्षेत्र समेटिएको बुकलेट प्रकाशित गरेकाे हाे ।

दाेस्राे पृष्ठमा कृषि यान्त्रिकरण, सामाजिक क्षेत्रका उपलब्धि, र खेलकुद क्षेत्रकाे प्रगतिका बारेमा लेखिएकाे छ ।

तेस्रो पृष्ठमा वन, वातावरण र विपद् व्यवस्थापनकाे अवस्थाका बारेमा उल्लेख गरिएको छ । यस्तै सार्वजनिक सेवा र क्षमता विकाससंग सम्बन्धित नियमावली, कार्यविधि, निर्देशिका र ऐन काे तथ्यांक समेटिएको छ । यस्तै न्यायिक समितिले गरेका काम उल्लेख गरिएको छ ।

नीतिगत सुधार र कानून निर्माणमा सक्रियता कानूनी शासन, सुशासन र प्रभावकारी सार्वजनिक सेवा प्रवाहका लागि हालसम्म १४ वटा ऐन, ६ वटा नियमावली, १८ वटा कार्यविधि, २ वटा निर्देशिका र २ वटा मापदण्ड गरी जम्मा ४२ वटा कानुनी दस्तावेज तयार पारिएको र ती सबै नगरसभा तथा कार्यपालिका बैठकमार्फत पारित भई लागू गरिएको उल्लेख गरिएको छ।