विराटचाेक: माेरङकाे सुन्दरहरैँचामा रहेकाे सुन्दरहरैँचा साइकल राइडर्सकाे आयाेजना तथा सुन्दरहरैँचा कला साहित्य विकास समितिकाे व्यवस्थापनमा बृहत गजल महफिल तथा सृष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बुधबार सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घकाे सभाहलमा आयाेजित कार्यक्रममा सृष्टा सम्मानसंगै गजलकारद्वारा सृजना गजलहरू वाचन गरिएको थियो । सम्मानित हुने सृष्टा साहित्यकार बिवस बलिभद्र काेइरालालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद ज्ञानेन्द्र सुवेदी, कार्यक्रमका सभापति रामकृष्ण खड्कालगायतले सम्मानपत्रद्वारा सम्मानित गरेका थिए ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि सुवेदीले साहित्य, कला क्षेत्रकाे प्रवर्द्धन र विकासमा प्रदेशसभाका तर्फबाट सहयाेग गर्ने बताए । कार्यक्रममा गजलकारहरू बाबु त्रिपाठी काठमाडौ , संगिता थापा मकवानपुर , किशाेर काेइराला सुनसरी र अनुप भट्टराई (अनुपम)माेरङले आफ्ना रचनाहरू वाचन गरेका थिए । कार्यक्रममा आफ्ना भनाइ राख्दै सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागीले यश ठाउँका सक्रिय युवाकाे साथले साईक्लिङसंगै कला साहित्यलाई समेत जाेड्दै आएकाले याे ठाउँकाे कला साहित्यकाे विकासमा टेवा पुग्ने बताए ।
कार्यक्रममा साहित्यकार, साहित्य प्रेमि व्यक्तिकाे उपस्थिति रहेकाे थियो भने कार्यक्रम सञ्चालन नझरेका फूलहरूका सञचालक केपी घिमिरे तथा अस्मिता भट्टराईले गरेका थिए ।