विराटचोकः सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार सिद्धेश्वर मन्दिरको सभाहलमा वडा अध्यक्ष रोशनप्रसाद ढकालको अध्यक्षतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
सेवाग्राहीका रुपमा आएका सर्वसाधारणहरुप्रति सेवाप्रदायक निकायबाट भए गरेका क्रियाकलाप, वडामा भएका विकास निर्माण, आव २०८०/०८१ मा सञ्चालन भएका याेजनाका बारेमा आम नागरिकलाई जानकारी गराउने उदेश्यले कार्यक्रमकाे आयाेजना गरिएको अध्यक्ष ढकालले बताउनुभयाे । यस्तै सञ्चालन भएका याेजनाका विषयमा उपस्थित नागरिकले चासाे राखेका थिए ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, उपभोक्ता समितिका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमकाे सहजीकरण विराट मिडिया एण्ड एडभर्टाइजिङ प्रालिले गरेको थियो ।