फिचर समाचार स्थानिय

सुन्दरहरैँचा १२ ले बनायो चाडपर्व लक्षित सुरक्षा याेजना 

विराटचाेक:  माेरङकाे सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १२ ले चाडपर्व लक्षित सुरक्षा याेजना बनाएकाे छ । मंगलबार वडा अध्यक्ष राेशनप्रसाद ढकालकाे अध्यक्षतामा प्रहरी सहित बसेकाे बैठकले वडाकाे समग्र सुरक्षा अवस्थाका बारेमा छलफल गरेको थियो । छलफलमा सहभागीहरूले अहिलेकाे आर्थिक अवस्थाले चाेरि बढ्ने खतरा रहेको तर्फ सबै सचेत हुनुपर्ने बताएका थिए । वडा अध्यक्ष ढकालले याे बैठककाे आयाेजना गर्नुपर्ने कारण नागरिककाे शान्तिसुरक्षामा वडाले खेल्ने भूमिकालाई अझ व्यवस्थित र ससक्त बनाउन राय सुझाव लिन राखिएकाे बताए ।

सुझाव दिने क्रममा सुकुना बहुमुखी क्याम्पसका अध्यक्ष केशव अधिकारीले कुनैपनि निर्णय गर्ने भन्दा पनि कार्यान्वयनकाे अवस्थालाई बुझेर मात्रै गर्नुपर्ने धारणा राखेका थिए । यस्तै आउदैन गरेका चाडपर्वमा विशेष तिहारमा देउसीका नाममा पैसा संकलन गर्ने कार्य राेक्नु पर्नु समेत बताएका छन् । अहिले व्यापारी व्यवसायी समस्यामा परेकाले फलानोले यति दियाे तपाईं यति दिनु भन्ने चलन राेकिनुपर्ने उनको भनाई थियो । 

स्थानीय सरकारले राखेका सिसि क्यामेरा सबै बिग्रेकाले सुरक्षामा खतर बढेको समेत छलफलमा उठेको थियो । यस्तै विद्युत कटौती अत्यधिक हुने भन्दै स्थानीय सरकारले विद्धुत प्राधिकरणलाई छलफलमा बाेलाएर समस्या समाधान गर्नुपर्ने समेत बताएका थिए । 

यस्तै युवा विद्यार्थीहरू दुर्वयसनमा लाग्ने गरेकाे पाईएकाले यसकाे नियन्त्रणमा सम्बन्धित निकाय र आम नागरिक लाग्नुपर्ने समेत आवाज उठेको थियो । 

बैठकले  शान्तिसुरक्षाकाे प्रत्याभूत गराउन व्यवसायी विभिन्न संघ संस्थाकाे साझेदारीमा सिसि क्यामेरा मर्मत गर्ने समेत निर्णय गरेको छ ।

वडामा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै वडामा रहेका पाँच वटै टाेल विकास संस्थामा एक जना सुरक्षा संयाेजक सहित समिति बनाईएकाे वडा अध्यक्ष ढकालले बताए । 

छलफलमा प्रहरी, राजनीतिक दलका प्रतिनिधि,  बैंक, विद्यालय, क्याम्पस,  विभिन्न संघ संस्थाका प्रतिनिधि सहित सराेकारवालाकाे उपस्थिति रहेको थियाे ।