Uncategorized

सुन्दरहरैँचा ५ काे वडा कार्यालय भवन उद्घाटन

मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं. ५ को नयाँ वडा कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ । नगर प्रमुख केदार प्रसाद गुरागाई उपप्रमुख अकली चाैधरीले भवनको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हाे ।

नगरप्रमुख गुरागाईले १२ वडामध्ये अधिकांश वडाको भवन निर्माण सम्पन्न भएको र बाँकी दुई वडाको भवन पनि चाँडै बन्ने जानकारी दिनुभयाे । नगरले वडा कार्यालय भवनहरू निर्माणलाई प्राथमिकता दिइएको समेत बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार न्यौपानेले कर्मचारीहरूलाई कानुनको परिधिभित्र रहेर काम गर्न निर्देशन दिनुभएकाे छ । नागरिकलाई छिटो बिना झन्झट सेवा प्रदान गर्नुपर्ने उहाँले बताउनुभयो । वडाध्यक्ष गणेश चौधरीले नागरिकलाई व्यवस्थित सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । करीब ५० लाख रुपैयाँको लागतमा निर्मित यो भवनका लागि जग्गा दान गर्ने दुई परिवारलाई सम्मान गरियो।