फिचर समाचार

सुन्दरहरैँचा ८ का भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण

विराटचाेक:   वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ८ ले  निस्सा वितरण गरेको छ  । आइतबार वडा कार्यालयमा नगरप्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चाैधरी, प्रमुख प्रशासकीय अधिकृत अम्बिका चाैलागाई, भूमि आयाेग माेरङ अध्यक्ष शुशिला घिमिरे सहित सहभागी कार्यक्रमका बिच भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण गरिएको हाे  । 

वडा न ८ मा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका मध्ये ४ सय ४३ परिवारलाई निस्सा वितरण गरिने वडाअध्यक्ष खेमप्रसाद न्याैपानेले बताउनुभयो । 

नगरप्रमुख गुरागाईँले निस्सा वितरण गर्दै  लालपुर्जाको प्रक्रिया सुरु भएको भन्दै भू उपयाेग नितिले ताेकेका मापदण्ड र अवस्थितिका आधारमा प्रकृया अघि बढ्ने बताउनुभयो । यस्तै  यसलाई चाडैं टुङ्गोमा पुर्याउने गरि नगरपालिकाले प्राविधिक कर्मचारी व्यवस्था गरेर भएपनि काम सक्नेगरी लागि रहेकाे समेत बताउनु भयाे ।  यस्तै निस्सा वितरण पछि प्रकृयाकाे चरणमा अघि बढेकाे बताउदै अब फिल्ड नापजाँच गरिने समेत उहाँले बताउनुभयो । 

वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रिया अन्तर्गत पालिकाले यस अघिनै निस्सा वितरण सुरु गरिसकेको छ । जसकाे पूर्जा समेत बन्ने चरणमा रहेकाे भुमि आयाेग माेरङ अध्यक्ष शुशिला घिमिरेले बताउनुभयाे । 

वन जङ्गल अन्तर्गतका समस्या समाधान गर्ने केन्द्र सरकारलाई सिफारिस गरिएको समेत बताउनुभयो । यसैगरी नगरप्रमुख, उपप्रमुख, भूमि आयाेग अध्यक्ष सहित  नगरका विभिन्न क्षेत्रकाे अव्यवस्थित बसाेबास रहेकाे क्षेत्रकाे अवलोकन समेत गरिएको छ ।