विराटचाेक: माेरङकाे सुन्दरहरैँचा नगरपालिका ३ स्थित बेलगाछीमा रहेको नमाे शिवाय कङ्क्रिट उद्योगमा आगलागी भएको छ । शनिबार अपरान्ह ४ बजेतिर उद्योगमा आगलागी भएको संचालक दिपक ढुंगानाले बताए ।
आगलागीबाट ट्याक्टर, ब्लक पेबल बनाउने फर्मा, प्लाई, मिटर बकस, टिन आदिमा क्षति पुगेकाे ढुंगानाले बताए । यस्तै ट्याक्टरकाे अगाडिको भाग सबै जलेकाे छ । उक्त आगलागीबाट करीब ३० लाख बराबरको सामाग्री नष्ट भएको समेत संचालक ढुङ्गानाले बताए । सुन्दरहरैँचा, इटहरी र बेलबारीकाे दमकलले आगाे नियन्त्रणमा लिएको थियो ।
थप विवरण आउन बाँकी