फिचर समाचार स्थानिय

सुन्दरहरैंचामा मनाईयाे ८४ औं निवृत्तिभरण दिवस

मोरङको सुन्दरहरैंचा नगरपालिका  ८ सलकपुरमा सोमबार सेवा निवृत्त राष्ट्र सेवक समाज सुन्दरहरैचा नगर कार्य समितिले ८४ औं निवृत्तिभरण दिवस मनाएकाे छ । नगर अध्यक्ष उमाकान्त चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सहअध्यक्ष जय धर्म आचार्य प्रमुख अतिथि थिए।

कार्यक्रमका विशेष अतिथि केन्द्रीय उपाध्यक्ष गोपाल प्रसाद काफ्लेले स्थानीय सरकारले भूपू कर्मचारीहरूलाई अनुभवको आधारमा विज्ञका रूपमा नियुक्त गर्नुपर्ने सुझाव दिए। अक्षय कोषदाता नेत्र प्रसाद चौलागाईंले पेन्सन खोसिने विषयप्रति चिन्ता व्यक्त गर्दै सेवा निवृत्त राष्ट्रसेवकले समाजमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

यस अवसरमा सेना, निजामती कर्मचारी, प्राध्यापक, शिक्षक तथा बैंक र वित्तीय क्षेत्रका पूर्व कर्मचारीहरू सहभागी थिए। कार्यक्रममा “निवृत्त राष्ट्र सेवकको समाजमा भूमिका” विषयक निबन्ध प्रतियोगिता पनि आयोजना गरियो। सुन्दरहरैंचा नगरका सात सामुदायिक विद्यालयका १४ विद्यार्थी सहभागी भएको प्रतियोगितामा विजेताहरूलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरियो। अन्य सहभागी विद्यार्थीहरूलाई पनि प्रमाणपत्र प्रदान गरियो।