कोशी प्रदेश जीवनशैली फिचर मनोरंजन/कला साहित्य समाचार स्थानिय

सुन्दरहरैंचामा यही साउन २६ गते बृहत लाखे जात्रा प्रदर्शनी

सुन्दरहरैंचा/  मोरङको सुन्दरहरैंचा–९ स्थित काली खोला परिसरमा कला र संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत लाखे जात्रा प्रदर्शनी हुने भएको छ।

नेवा देय दबू मोरङ जिल्ला कार्यसमिति र इन्द्रपुर नेवा पुच: सुन्दरहरैंचाको संयुक्त आयोजनामा साउन २६ गते सोमबार जिल्ला स्तरीय लाखे नाच प्रदर्शनी आयोजना हुने आयोजक संस्थाले जनाएको छ।

कार्यक्रमको जानकारी इन्द्रपुर नेवा: को कार्यालयमा पत्रकार सम्मेलन अध्यक्ष थर्क श्रेष्ठ दिनुभयो। उहाँका अनुसार झापा, मोरङ र सुनसरीका करिब २० वटा लाखे नाच समूहले प्रदर्शनीमा प्रस्तुतता जन दिनेछन्।

कार्यक्रमका सन्दर्भमा सुन्दरहरैंचा वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले लाखे नाच्ने समुदायको मात्र नभइ सबै जातिका लागि सांस्कृतिक आस्था र चासोको विषयलाई प्रस्तुत गरेका छन् ।

इन्द्रपुर खानेपानी उपभोक्ता समितिका अध्यक्ष नवराज चापागाईंले पनि कुनै पनि जातिको संस्कृतिप्रति सम्मान गर्दै एक–अर्काको सांस्कृतिक कार्यक्रममा सहकार्य गर्ने परम्परा रहेको उल्लेख गर्दै लाखे प्रदर्शनीमा पनि सक्रिय सहयोग रहने बताउनुभयो।

इन्द्रपुर नेवा पुच: का अध्यक्ष श्रेष्ठले देशका विभिन्न स्थानमा आयोजित लाखे नाच प्रतियोगितामा उत्कृष्ट उपलब्धि हासिल गर्दै आएको जानकारी दिनुभयो। उहाँका अनुसार चितवनमा सम्पन्न पाँचौँ लाखे नाच प्रतियोगितामा प्रथम, पूर्वाञ्चल व्यापी धरान प्रतियोगितामा प्रथम, र कोशी प्रदेशस्तरीय प्रतियोगितामा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्न सफल भएको छ । यस्तै अन्य धेरै ठाउँमा उत्कृष्ट प्रदर्शनी गर्न इन्द्रपुर नेवा पुच:का कलाकारहरू सफल भएको बताउनुभयो ।  सञ्चालन गर्न लागिएको  प्रदर्शनी कार्यक्रम सम्पन्न गर्न करिब ४ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।