कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

सुन्दरहरैंचा विराट एक्स्पोमा भएको मेरो भ्वाइस आइकनकाे विजेता भए तृषा भट्टराई र सोफिया बिष्ट

विराटचाेक:   सुन्दरहरैंचा विराट एक्स्पो ४ अन्तर्गत सप्तक कला केन्द्र सलकपुरको आयोजनामा आज औद्योगिक प्रदर्शनी स्थलमा भएको मेरो भ्वाइस आइकन सिजन १ को विजेता जुनियरतर्फ सोफिया बिष्ट र सिनियरतर्फ तृषा भट्टराई हुनुभएको छ ।

फाइनलमा सुन्दरहरैंचाका विभिन्न विद्यालयका जुनियरतर्फ १० जना र सिनियरतर्फ १३ जना प्रतिष्पर्धीले प्रतिष्पर्धा गरेका थिए ।

सिनियरतर्फ सिद्धार्थ सेकेण्डरी इङलिस बोर्डिङ स्कुलकी तृषा भट्टराई विजेता हुनुभएको छ । त्यस्तै, फस्ट रनर अप क्वेस्ट सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलकी कृपा सुवेदी र सेकेण्ड रनर अप समीक्षा खड्का हुनुभएको छ ।

जुनियरतर्फ सोफिया बिष्ट विजेता हुँदा सायरा श्रेष्ठ र लुकास खरेल फस्ट रनर अप र सेकेण्ड रनर अप हुनुभएको थियो ।

सप्तक कला केन्द्रका देवराज ढकालका अनुसार विजेताले ट्रफीका साथमा नगद ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ र २ हजार रुपैयाँ पुरस्कार पाएका थिए ।