कोशी प्रदेश फिचर समाचार स्थानिय

सुन्दरहरैंचा ३ मा नागरिक आरोग्य सेवा केन्द्र उद्घाटन

विराटचाेक: मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित लक्ष्मी नारायण मन्दिरको भवनमा नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गरिएको छ। सेवा केन्द्रको उद्घाटन प्रमुख अतिथि जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई र विशिष्ट अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईंले संयुक्त रूपमा गर्नुभएको हाे ।

“मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको आयोजनामा सञ्चालन गरिएको यस सेवा केन्द्रको सञ्चालनमा नगरपालिकाले समन्वय गरेको छ।

सहज रूपमा आयुर्वेदिक उपचार प्रदान गर्नका लागि सञ्चालन गरिएको यो केन्द्रले नागरिकहरूलाई स्वास्थ्य सेवामा टेवा पुर्‍याउने विश्वास लिइएको छ। कार्यक्रमको अध्यक्षता जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख डा. राम प्रमोद चौधरीले गर्नुभएको थियो।