विराटचाेक : मोरङकाे सुन्दरहरैँचाबाट दुई जना लागुऔसध कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोरङको सुन्दरहरैचा १२ बाट बेलबारी नगरपालिका २ बस्ने २५ बर्षका दाबुद मोहमद र भारत कलकत्ता घर भएका नयन बिश्वासलाई पक्राउ गरिएको छ ।
लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारी र प्रहरी चौकी विराटचोकको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। मोहमदलाई चेकजाँच गर्ने क्रममा उनले लगाएको कालो जिन्स पेन्टको गोजीभित्र १० रुपैयाको नोट लुकाई राखेको अवस्थामा स-साना ३ वटा प्लास्टिकमा पोका ०.२६ ग्राम (दुई सय मिलिग्राम) लागूऔसध जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक तेज बहादुर दाहालले जानकारी दिए।
उनलाई सोधपुछ गर्दा उक्त लागुऔसध बिश्वास उपचार क्लिनिक सञ्चालक भारत कलकत्ता घर भएका नयन बिश्वाससँग खरिद गरी ल्याएको बताएपछि उक्त क्लिनिकबाट कालो प्लास्टिकमा पोका पारी लुकाई राखेको ब्राउन सुगर ०.८५ ग्राम (८५० मिलिग्राम) फेला परी दुई जनाकै मुचुल्का बनाई दुवै जनालाई नियन्त्रणमा लिईएको जनाएको छ। इलाका प्रहरी कार्यालयमा राखिएको निरिक्षक दाहालले बताए।