कर्णाली प्रदेश फिचर समाचार स्थानिय

सुन्दरहरैचाले मनसुन शुरु भएसँगै विपद् व्यवस्थापन तयारी तथा प्रतिकार्य कार्ययोजना बनायाे

विराटचोकः बर्खायाम शुरु भएसँगै सुन्दरहरैचा नगरपालिकाले मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना अनुसार स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसी विभिन्न निर्णय गरेको छ । नगर प्रमुख केदारप्रसाद गुरागाईको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले विभिन्न निर्णय गरेको छ ।

जसअनुसार विपद्को अवस्था, पूर्व तयारी, विपद् सम्बन्धी विशेष सहजीकरण गर्न २४ सै घण्टा सेवा प्रवाह गर्ने निर्णय गरेको छ । विपद् व्यवस्थापन सम्पर्क व्यक्तिको रुपमा वासुदेव अधिकारीलाई तोकिएको छ ।

त्यस्तै, सो बैठकले विपद् सहायता केन्द्र स्थापना गर्ने, विपद् व्यवस्थापनका लागि आवश्यक सामाग्री व्यवस्थापन गर्ने र। विपद् पूर्वतयारीका लागि खोला, खोल्सी, बाटाहरुमा अवस्थित रहेका सामग्री हटाउने निर्णय गरेको छ ।

सुन्दरहरैचाभित्र रहेका संकटासन्न क्षेत्र विपद्को जोखिम क्षेत्र पहिचान गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने, सुन्दरहरैचाको वडा नम्बर ३ मा आगलागीबाट क्षति भएको परिवार र वडा नं ४ मा हुरीबतासबाट क्षति भएको परिवारलाई कानुनमा व्यवस्था भए अनुसार आवश्यक सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

विपद्को समयमा उद्दार टिमलाई तयारी अवस्थामा राख्न भूपू सैनिक प्रहरी र प्रहरीलाई विशेष प्राथमिकतामा राख्ने तथा राहत सामग्री र पुनस्र्थापना गर्ने स्थानहरुको पहिचान गर्ने निर्णय बैठकले गरेको छ ।