कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

सुरक्षा तथा न्याय सम्बन्धी परियोजनाअन्तर्गत सामाजिक चेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न

माेरङकाे सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ र UNOPS काे संयुक्त आयाेजनामा सुरक्षा तथा न्याय सम्बन्धी परियोजनाअन्तर्गत सामाजिक चेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

संयुक्त राष्ट्रसंघीय निकाय UNOPS र बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय (UK International Development) को साझेदारीमा संचालन गरिएको “Security and Justice Program” नगरपालिकाकाे सभाहलमा आयोजना गरिएको हो।

कार्यक्रम वडाध्यक्ष प्रकाश श्रेष्ठको सभापतित्वमा तथा नगरप्रमुख केदारप्रसाद गुरागाईंको विशेष उपस्थिति रहेको थियो।  यस्तै UNOPS का व्यक्ति सुरक्षा निकायका व्यक्तिहरूकाे उपस्थिति रहेको थियो ।   कार्यक्रमको आयोजना UNOPS र सुन्दरहरैंचा नगरपालिका वडा नं. ९ कार्यालयको संयुक्त प्रयासमा गरिएको थियो।

कार्यक्रमको उद्देश्य स्थानीय स्तरमा सुरक्षा र न्यायप्रति नागरिकको पहुँच सुनिश्चित गर्ने तथा समुदायमा सामाजिक चेतना अभिवृद्धि गर्नु रहेको आयोजक संस्थाले जानकारी दिएको छ।

सामाजिक सद्भाव, लैङ्गिक समानता, नागरिक अधिकार, न्यायप्रणालीमा पहुँचजस्ता विषयमा केन्द्रित उक्त अभिमुखीकरण कार्यक्रममा स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।