विराटचाेक: मोरङको सुन्दरहरैंचा–१२ स्थित सुविजिमुर मेमोरियल माध्यमिक विद्यालयले ३१औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम शुक्रबार इन्द्रपुर जेसीज भवनको सभाहलमा सम्पन्न भएको हो।
कक्षागत प्रथम, दाेस्राे र तेस्रो हुने विद्यार्थीलाई विशेष छुट सुविधा सहित पुरस्कार प्रदान गरिएकाे छ । यस्तै विद्यालय प्रथम हुनेलाई पूर्ण रूपमा छुट दिने विद्यालयले जनाएको छ । याे विद्यालयमा १२ कक्षा सम्म पढाइ हुन्छ । अभिभावक दिवसको अवसरमा विद्यालयका विद्यार्थीहरूले गायन, नृत्य, नाटक, कविता लगायतका विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको क्रममा विद्यालयले विभिन्न क्षेत्रका व्यक्तित्व तथा संस्थाहरुलाई सम्मान गरेको थियो। साथै, लामो समयदेखि विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक तथा समर्पित कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो।सो अवसरमा अभिभावक तथा शिक्षिकाहरूले पनि सांस्कृतिक प्रस्तुति दिएर कार्यक्रमलाई थप रङ्गीन बनाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि प्याब्सन मोरङ जिल्ला कार्यसमितिका अध्यक्ष जगत बस्नेत रहेका थिए भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष केशव अधिकारीले कार्यक्रमको अध्यक्षता गरेका थिए। विद्यालयका प्रधानाध्यापक गोविन्द कार्कीले विद्यालयको शैक्षिक, भौतिक तथा प्रशासनिक पक्षबारे जानकारी गराएका थिए।
उत्कृष्ट शैक्षिक उपलब्धि र प्रभावशाली सांस्कृतिक कार्यक्रमका कारण सुविजिमुर मेमोरियल माध्यमिक विद्यालय सुन्दरहरैंचाको एक अग्रणी संस्थागत विद्यालयको रूपमा चिनिएको छ।




