फिचर समाचार स्थानिय

सुविधा सम्पन्न सैलुनका साथै मसाज सेन्टर सञ्चालन


विराटचाेक: माेरङकाे सुन्दरहरैंचा ९ मा सञ्चालित तीनतारे होटल (नेपालीरिका) अन्तरराष्ट्रिय स्तरको सुविधा सम्पन्न सैलुन, मसाज सेन्टर र थेरापी सञ्चालनमा आएको छ ।

पाँचतारे होटलको अन्तिम लाइनमा रहेको नेपालीरिकामा पौडी–पोखरी, जिमखाना यस अघि नै सञ्चालनमा आइसकेको छ । थप गरिएको यो सेवाले आम नागरिकलाई सुविधा सम्पन्न र सुरक्षित ठाउँमा सैलुन, मसाज र थेरापी सोचेभन्दा निक्कै सरल मुल्यमा सेवा दिने सञ्चालक आकाश दुलालले जानकारी गराएका छन् ।

नेपालीरिका होटल सञ्चालनमा आएसँगै यस क्षेत्रमा अन्तरराष्ट्रिय पर्यटक आउने र जाने ठूलो चहलपहल भएको छ । होटलका सञ्चालक भोलेश्वर दुलालले विगत तीन दशकको यात्रामा यस क्षेत्रमा दर्जन बढी उद्योग स्थापना गरी रोजगारीको सिर्जना गर्नुका साथै देशकै अर्थतन्त्रमा योगदान पुर्याएको प्रत्यक्ष देख्न सकिन्छ ।

यसको उद्घाटन सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद रिजाल र पिएलओ ग्रुपका अध्यक्ष राजेश अग्रवालले संयुक्त रुपमा गरेको थिए ।