विराटचाेक: स्कलर्स हाेम स्कुलले आफ्नो १३ औं वार्षिकोत्सब तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि भव्य रूपमा सम्पन्न गरेको छ । माेरङकाे सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ मा रहेकाे उक्त स्कुलका विद्यार्थीले नृत्य, गायन, लगायत विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।
प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईले विद्यार्थीकाे क्षमतालाई उच्च मूल्यांकन गर्दै प्रत्येक विद्यार्थीमा रहेको प्रतिभालाई विद्यालयले प्रस्फुटन गर्न सहयोग गरेकाेमा विद्यालयकाे प्रशंसा समेत गरेका थिए । यस्तै अहिले घाेकन्ते विद्या भन्दा विद्यार्थीकाे मनाेभावना बुझेर उनीहरूले सिक्न खाेजेकाे सीप प्रदान गर्नुपर्नेमा जाेड दिए । विद्यालय, विद्यार्थी र अभिभावक बिच त्रिकाेणात्क सम्बन्ध हुने भन्दै विद्यार्थीकाे शैक्षिक, व्यवहारिक विषयमा बुझ्दै गर्न अभिभावकलाई आग्रह गरेका छन् ।

वार्षिकोत्सबका अवसर विद्यालय प्रथम हुने २ जना विद्यार्थीलाई २५ जनही २५ हजार बराबरकाे छात्रवृत्ति समेत प्रदान गरिएको छ । यसरी छात्रवृत्ति पाउनेमा सर्वस्कार राई र सार्थक वराल रहेका छन् ।
यसैगरी विद्यार्थीहरूकाे गायन प्रतियोगिता समेत सम्पन्न भएको छ । साे प्रतियोगितामा १३ जनाले प्रतिस्पर्धा गरेका थिए । जसमा कक्षा ४ कि सायरा श्रेष्ठ प्रथम, जेसीका पाैडेल कक्षा ८ दाेस्राे र कृपा राई तेस्रो भएकि छन् । उनीहरूलाई सिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।
यस्तै विद्यालयबाट जिल्ला स्तरीय प्याब्सन नृत्य प्रतियोगितामा भाग लिई विजेता हुने विद्यार्थीलाई जनही ३ हजार रूपैयाँ समेत विद्यालयले प्रदान गरेको छ । यसैगरी विद्यार्थीकाे प्रतिभालाई कदर गर्दै पूर्व विद्यार्थी युनिका गुरूङले विदेशबाट परिवार मार्फत १० हजार सहयाेग गरेकिछन् ।

दिवसका अवसरमा गायक श्रीकृष्ण लुईटेल बाेकेदारले विद्यार्थी अभिभावकलाई नचाउदै बेजोड प्रस्तुति प्रस्तुत गरेका थिए । विशेषगरी बालबालिकाहरू माझ उनका गीतहरू लाेकप्रिय हुनेगरेकाले गायक लुईटेल सहभागी कार्यक्रममा बालबालिका झुम्मिने गरेका छन् । समाजमा हुने बिक्रिति विसंगतिलाई गीतका माध्यमबाट व्यङ्ग्यात्म रूपमा प्रहार गर्ने लुइँटेलकाे प्रस्तुतिमा अभिभावक समेत रमाएका छन् ।
कार्यक्रममा विद्यालयकाे प्रगति विवरण र भावि याेजनाका बारेमा प्रिन्सिपल तिलक राईले प्रतिवेदन प्रस्तुत गरेका थिए ।कार्यक्रम विद्यालय संचालक समिति अध्यक्ष नागेश पाेख्रेलकाे सभापतित्वमा भएको थियो ।