काठमाडौंः नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघका अध्यक्ष अच्युत खनालले अष्ट्रेलियन स्केट बोर्डिंङ फेडेरेशन तथा न्युजिल्यान्ड स्केट बोर्डिंग फेडेरेशनको संयुक्त आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानबेरा र न्युजिल्यान्डको राजधानी वेलिङ्गटनमा हुन गइरहेको ओसेनिया महासभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
आगामी भदौ १० देखि २० गतेसम्म हुने महासभामा सम्बोधन गर्ने अध्यक्ष खनालले जनाएका छन् ।
सो कार्यक्रममा खनालले नेपालमा स्केटिङ्ग तथा स्केटबोर्डिंग खेलको सम्भावनाका बारेमा प्रस्तुति दिनुका साथै सहयोगका लागि आग्रह गर्ने छन् । सो कार्यक्रममा जापान, कोरिया, हङकङ, चीन, भारतलगायतका राष्ट्रको सहभागिता रहने अध्यक्ष खनालले जानकारी गराए ।





Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://accounts.binance.info/hu/register?ref=IQY5TET4