Uncategorized

‘स्टुडेन्ट भिसा’मा जापान जानेकालागि पूर्वकै उत्कृष्ट अध्यापन केन्द्र  व्रिटिस ल्याङ्वेज :

विराटचाेक : पछिल्लो समय युवा पुस्ताहरू पढ्न तथा  राेजगारीकालागि विदेश जाने क्रम दैनिक बढ्दै गएको छ । यसरी विदेश जाँदा धेरै जसाे आफू जाने देशकाे भाषा नसिकि जाने भएकाले दुःख पाएका समाचारहरू सुन्दै पढ्दै आएका छाैँ । पछिल्लो समय यश विषयमा लामु समय काम गर्दै आएकाे संस्था व्रिटिस ल्याङ्वेज विराटचाेकले जापान र काेरीया जानेहरूका लागि विशेष भाषा अध्यापन गराउदै आएकाे छ ।

भाषा सिक्न चाहनेहरूलाई दक्ष प्रशिक्षकबाट अध्यापन गराईरहकाे सञ्चालक केपी गुरागाई बताउछन् ।  “विगत १२ वर्षदेखि यश क्षेत्रमा काम गर्दै आएकाे पूर्वकै उत्कृष्ट भाषा सेन्टरकाे रुपमा चिनिएकाे यस व्रिटिस ल्याङ्वेज सबैकाे गन्तव्य बनेकाे छ । हामीले विराटनगरमा  यसकाे शाखा विस्तार गरेर विद्यार्थीलाई भाषा पढाउदै आएका छाैँ । यसमा अनुभवी प्रशिक्षक हुने भएकाले पनि सफल भएको जस्तो लाग्छ” गुरागाई बताउछन् ।

यस्तै याे संस्थाले अन्य देशमा जानेहरूलाई समेत शैक्षिक  परामर्श, जान चाहने देशका बारेमा विद्यार्थीलाई सल्लाह सुझाव दिने गरेकाे संचालक बताउछन् । यस्तै कम्प्युटर सम्बन्धि तालिमहरू समेत दिदै आएको छ ।