विराटचाेक: स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टर सुन्दरहरैँचा १२ विराटचोक मोरङले आफ्नो तेस्रो वार्षिकोत्सव बृहत् खुल्ला रक्तदान कार्यक्रम गरेर मनाएको छ।
स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टरका सञ्चालक तथा युवा व्यवसायी दीपक गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी ललित धिमाल रहेका थिए भने कार्यक्रम सञ्चालन सुन्दरहरैँचा सञ्चार क्लबका अध्यक्ष केपी घिमिरेले गरेका थिए।

कार्यक्रममा विशिष्ट अतिथि समाजसेवी ललितबहादुर श्रेष्ठ,
साहित्यकार पुरन राई, नेपाल बडी बिल्डिङ सङ्घका निर्णायक कबिरभगत श्रेष्ठ, अन्तर्राष्ट्रिय रेफ्री कुन्ती गुरुङ,
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू मनोज सुवेदी, रिक्की थापामगर, गोविन्द बिशङ्खे, विशाल पौडेल रहेका थिए।

उक्त कार्यक्रममा अतिथि सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण कार्की, सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष छवि वैरागी घिमिरे, युवा अग्रज समाजसेवी रञ्जन ओझा, मिराजजंग थापा, खगेन्द्र रिजाल, बलु विष्टलगायत खेल र फिटनेस क्षेत्रका करिब ३ दर्जन बढी महानुभावको सहभागिता रहेको थियो। कार्यक्रममा जिम सञ्चालक कृष्ण दाहालले स्वागत मन्तव्य राखेका थिए।

फिटनेस सेन्टरले हरेक वर्ष आफ्नो वार्षिकोत्सव रक्तदान कार्यक्रम गरेर मनाउँदै आएको छ। यस पटकको कार्यक्रममा पूर्वका शहरहरू विराटनगर,धरान,इटहरी, उर्लाबारी, पथरी, बेलबारी, केराबारी,खोर्साने त्यसैगरी लालभित्ती,सलकपुर, विराटचोक लगायतका स्थानमा सञ्चालित जिम सञ्चालकहरूलाई निमन्त्रणा गरि रक्तदान समारोहका साथै मायाको चिनो साटासाट गर्दै केक समेत काटेर वार्षिकोत्सव मनाइएको स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टरका सञ्चालक तथा कार्यक्रमका सभापति दीपक गुरुङले बताए।

विराटचोक स्थित फिटनेस सेन्टरकै प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६० जना भन्दा बढीले रक्तदान गरेका थिए। स्ट्रेन्थ जिम एण्ड फिटनेस सेन्टरको आयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार शाखाको प्राविधिक सहयोग रहेको थियो।