कोशी प्रदेश

स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले करवृद्धिको विरोधमा बुझायो ज्ञापनपत्र


विराटचोकः
नगरपालिकाले अस्वाभाविक रुपमा कर वृद्धि गरेको भन्दै स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले आज सुन्दरहरैंचाका नगरप्रमुख केदारप्रसाद गुरागाईँलाई ज्ञापनपत्र बुझाएको छ ।

जग्गा बेचेर कर तिर भन्ने गरी नगरले गरेको करवृद्धिको निर्णय शतप्रतिशत गलत रहेको ज्ञापनपत्रमा जनाइएको छ । अति आवश्यकीय वस्तु खरीद गर्न नगरवासीलाई समस्या भइरहेको समयमा शतप्रतिशतदेखि ६ सय प्रतिशतसम्म कर वृद्धि गरिनु अनुपयुक्त भएको बताउँदै महामारीका रुप लिन लागेका डेंगु र आँखा पाक्ने रोगबाट पीडित नगरवासी र पशुमा लाग्ने लम्पी स्किन रोगका कारण पीडित बनेका किसानका समस्या समाधान गर्न नगरपालिका चुकेको उल्लेख गरिएको छ ।
समाजका अध्यक्ष चिरञ्जीवी शिवाकोटीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा भनिएको छ, ‘स्थानीय निकाय कर निर्धारण ऐनमा नगरपालिकालाई बर्सेनि जतिसुकै कर वृद्धि गर्न छुट दिइएको छ भने स्वतन्त्र नागरिक समाज यसमा घोर आपत्ति प्रकट गर्दछ ।’

ज्ञापनपत्रमा करवृद्धिको निर्णय फिर्ता लिन अनुरोध गर्दै सो निर्णय फिर्ता नलिए समाज चरणबद्ध आन्दोलनमा जान बाध्य हुने जनाइएको छ ।

समाजले हिजै ज्ञापनपत्र बुझाउने समय तय गरी नगरपालिका गए पनि नगरप्रमुखलाई नभेटेपछि आज ज्ञापनपत्र बुझाएको जनाएको छ ।

One thought on “स्वतन्त्र नागरिक समाज सुन्दरहरैंचाले करवृद्धिको विरोधमा बुझायो ज्ञापनपत्र

  1. Вся информация, представленная на данном сайте, носит исключительно информационный характер и предназначена для ознакомления с деятельностью онлайн-казино. Сайт не являемся оператором игр и не предоставляем услуг по организации азартных игр. sjsxumwexw … https://autocadhelp.net/wp-content/uploads/aios/online-casino-secrets-to-success.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *