कर्णाली प्रदेश कोशी प्रदेश फिचर राजनीति विचार शिक्षा स्थानिय

स्ववियु निर्वाचन- सुकुना क्याम्पसमा सभापतिमा दुई ओझा भिड्ने पक्का, कतिले दिए उम्मेदवारी हेर्नुस्

विराटचाेक / आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि काेशी प्रदेशकै अब्बल शैक्षिक संस्था माेरङकाे सुन्दरहरैँचामा रहेको सुकुना बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले उम्मेदवारी मनाेनयन दर्ता गराएका छन् ।

क्याम्पसको स्ववियु सभापतिमा एमालेनिकट अनेरास्ववियु र (नेकपा एस) निकट अनेरास्ववियू सहित संयुक्त गठबन्धन (अखिल) समूह बाट एलिस ओझाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै यहि समूहकाे सचिवमा अनेरास्ववियूबाट राेहन खत्री (डियर कालेले उम्मेदवारी दिएका छन् ।  यस्तै यसै समूहबाट काेषाध्यक्षमा अखिल ( क्रान्तिकारी ) बाट अनिष पाैडेलले उम्मेदवारी दिएका छन् ।

अर्को विद्यार्थी संगठन कांग्रेसनिकट नेविसंघका तर्फबाट सभापतिमा विजय ओझाले उम्मेदवारी दिएका छन् । उनकाे समूहमा सचिव  अर्जुन दाहाल, काेषाध्यक्ष सविना थापाले उम्मेदवारी दिएकी छन् । 

यसैगरी अर्का सभापतिमा अखिल क्रान्तिकारी (माेहन बैद्य किरण) संगठनले बेबिन बुढाथोकीलाई उम्मेदवार बनाएकाेछ । 

विगतको चुनावलाई हेर्ने हाे भने यसपटक पनि मुख्य २ संगठनकाे प्रतिस्पर्धा हुने देखिएको छ । नेविसंघका विजय ओझा र अनेरास्ववियुकाे संयुक्त गठबन्धनका उम्मेदवार एलिस ओझा विच प्रतिस्पर्धा हुने बताएको छ ।

उम्मेदवार हरू