मनोरंजन/कला साहित्य समाचार सूचना प्रबिधि

स्वस्तिमाको तर्क( ‘म एक्लैले फिल्म काँधमा बोकेर हिँड्न सम्भव छैन’

सोमबार फिल्म ‘ऐंचो पैंचो’को ट्रेलर रिलिज कार्यक्रममा उद्घोषक नरेश भट्टराईले स्वस्तिमा खड्कालाई ‘नम्बर वान अभिनेत्री’को रुपमा सम्बोधन गरे । नरेश उनै हुन्, जसले अभिनेता अनमोल केसीलाई ‘मेगास्टार’को उपाधि दिएका थिए । स्वस्तिमालाई उनले ‘नम्बर वान अभिनेत्री’को रुपमा सम्बोधन गर्नुको पछाडि उनी एक्लैले आफ्नो काँधमा फिल्म बोक्न सक्छिन् भन्ने अर्थ लुकेको छ ।

तर, उनको बुझाईमा कोही एकजना कलाकारले फिल्म काँधमा बोकेर हिँड्न सम्भव छैन । उनी भन्छिन्, ‘म एक्लैले फिल्म काँधमा बोकेर हिँड्न सम्भव छैन । म एक्लैले फिल्म काँधमा बोक्छु भन्न पनि मिल्दैन । फिल्म एकजना मान्छेले बन्ने होइन । न त एकजना मान्छेले फिल्म चलाउँछु भनेर चल्छ न राम्रो बनाउँछु भनेर बन्छ । लेखकदेखि कलाकार सबैको काम र जिम्मेवारी उतिक्कै हुन्छ ।’

मिडियामा आफ्नो अनुहार बढी आउने भएकाले फिल्मलाई आफूले काँधमा बोकेको भन्ने विश्लेषण भएको हुनसक्ने उनको ठम्याई छ । तर, उनलाई आफूले फिल्म काँधमा बोकेर हिँडेको छु भन्ने चाहिँ लाग्दैन । फिल्म राम्रो भए क्रेडिट लिने र नराम्रो भए सबै भार आफूले लिने भन्ने पनि नहुने उनको भनाई छ । यद्यपि, मिडियामा हुने विश्लेषणले केही दबाब भने थप्ने स्वस्तिमा स्वीकार गर्छिन् ।

आगामी भदौ १४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘ऐंचो पैंचो’मा स्वस्तिमा युवा राजनीतिज्ञको भूमिकामा रहेको ट्रेलरले प्रष्ट्याउँछ । ट्रेलर र पोस्टरमा उनलाई दिइएको प्राथमिकताले फिल्मको मूल कथा उनको चरित्रमा केन्द्रित रहेको बुझिन्छ । कृषा चौलागाईंको निर्देशनमा बनेको फिल्ममा वर्षा राउत, मुकुन भुषाल, सुशील सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकीको पनि अभिनय रहेको छ ।

One thought on “स्वस्तिमाको तर्क( ‘म एक्लैले फिल्म काँधमा बोकेर हिँड्न सम्भव छैन’

  1. **herpafend**

    herpafend is a natural wellness formula developed for individuals experiencing symptoms related to the herpes simplex virus.

Leave a Reply

Your email address will not be published. Required fields are marked *