विराटचाेक: मोरङको सुन्दरहरैंचा नगरपालिकामा दोस्रो अन्तर विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता यहि पुस ६ गते हुने भएको छ। शुक्रबारे युवा क्लबद्वारा आयोजित यस प्रतियोगिताले विद्यार्थीहरूको बौद्धिक क्षमता विकास गर्ने लक्ष्य लिएको छ।
बुधबार पत्रकार सम्मेलन गरी आयाेजकले बताए अनुसार
प्रतियोगिताका लागि सुन्दरहरैंचा र बेलबारी नगरपालिकाका १८ भन्दा बढी विद्यालयहरू सहभागी हुनेछन्। विजेता विद्यालयहरूलाई नगद सहित ट्रफी पुरस्कार दिइनेछ। प्रथम हुनेले १५ हजार रुपैयाँ, द्वितीयले ११ हजार र तृतीय विजेताले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
क्लबका अध्यक्ष जय नारायण चौधरीका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूलाई किताबी ज्ञानबाहेक बाहिरी ज्ञान र सीपमा सक्रिय बनाउनु रहेको बताए। उनले विद्यार्थीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्न याे कार्यक्रमले टेवा पुग्ने बताए।
कार्यक्रम पौष ६ गते शनिबार ओरिजिन सेकेण्डरी स्कूल वडा नं. १२ मा हुनेछ। वडाध्यक्ष रोशन प्रसाद ढकालले युवा क्लबको यस पहलको सराहना गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। क्लबका सचिव तोया पोखरेलले प्रतियोगिता सम्बन्धी जानकारी गराएका थिए ।