जीवनशैली फिचर समाचार स्वास्थ्य

हाम्रो दैनिकी र वैज्ञानिक योग अभ्यास विषयक कार्यक्रम सम्पन्न

विराटचाेक:   आजकाल प्रायः सबै मानिसलाई कुनै न कुनै प्रकारकाे तनावले सताउने गरेको पाइन्छ। यसको समाधानका लागि बिहीबार मोरङको सुन्दरहरैँचा स्थित विराटचोकमा “हाम्रो दैनिकी र वैज्ञानिक योग अभ्यास” विषयक एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ।

व्यापार-व्यवसाय, जागिर, घरपरिवार लगायत हरेक क्षेत्रमा काम गर्दा हुने तनावलाई कसरी समाधान गर्ने र यसबाट मुक्त हुने उपायका बारेमा कार्यक्रममा चर्चा गरिएको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । 

दिव्य वाणी वैज्ञानिक आधार र योग अभ्यासका विषयमा केन्द्रित रहेर कार्यक्रममा डा. राजु अधिकारीले सकारात्मक सोच, जीवनशैली तथा तनावरहित जीवन जिउने विषयमा प्रस्तुति दिनुभएको थियो। करीव एक सय संख्यामा सहभागीता रहेकाे कार्यक्रममा याेग अभ्यास समेत गराईएकाे थियो ।

इन्द्रपुर जेसीजको सभाहलमा आयोजित यस कार्यक्रममा विभिन्न संघसंस्थाहरूको सहभागिता रहेको थियो। सुन्दरहरैँचा उद्योग वाणिज्य संघ, इन्द्रपुर जेसीज, लायन्स क्लब, स्वतन्त्र पाथिभरा महिला समाज, सहकारी मञ्च, किवानिस क्लब, जीवन विज्ञान र प्याब्सन सुन्दरहरैँचा लगायतका संघसंस्थाको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो।