विराटचाेक : मोरङको विराटचोकमा सम्पन्न दोस्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता २०८१ मा हिमालय इङ्गलिस स्कुलले एक स्वर्ण, एक रजत र दुई कास्य पदक जितेको छ।
राष्ट्रिय तेक्वान्दो संघ मोरङ जिल्ला शाखाद्वारा आयोजित जिल्लास्तरीय प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेको विद्यालयका प्रिन्सिपल कमल खनालले जानकारी दिनुभयाे । प्रिन्सिपल खनालले भन्नुभयो, “हाम्रो विद्यालय शैक्षिक गतिविधिका साथै खेलकुदमा पनि अब्बल रहेको छ। आगामी दिनहरूमा यस्ता प्रतियोगितामा निरन्तर सहभागिता जनाउने छौं।” कार्यक्रममा उत्कृष्ट खेलाडीलाई प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले मेडल प्रदान गर्नुभएको थियो । कार्यक्रम सुविजिमुर माध्यमिक विद्यालयमा भएको थियो ।