विराटचाेक: माेरङकाे सुन्दरहरैँचा नगरपालिका १० स्थित विराटचाेकमा रहेकाे हिमालय इङ्लिस स्कुलमा दीक्षान्त समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार विद्यालयकाे प्राङ्गणमामा आयाेजित कार्यक्रममा पूर्व प्रथमिक तह उत्तीर्ण गरी कक्षा १ मा जाने र कक्षा ५ उत्तीर्ण गरी ६ मा जाने विद्यार्थीलाई दीक्षित गरेकाे हाे ।
यस्तै गत वर्ष सञ्चालित वार्षिक परिक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको प्रिन्सिपल कमल खनालले बताउनुभयाे । बालबालिकाकाे शैक्षिक गतिविधिलाई थप बढवा दिन र हाैसला प्रदान गर्न नियमित यस्ता कार्यक्रम गरिदै आएकाे समेत उहाँले बताउनुभयाे ।

उक्त कार्यक्रमकाे प्रमुख अतिथि नगर प्रवक्ता वडा नम्बर १२ का वडाध्यक्ष राेशनप्रसाद ढकाल रहनुभएकाे थियो । उहाँले कार्यक्रममा बाेल्दै विद्यार्थीकाे इच्छा चाहाना अनुसारकाे अतिरिक्त क्रियाकलाप गर्दै अघि बढ्नुपर्ने बताउनुभयाे ।

यस्ता कार्यक्रमले पढाइलाई अझ राम्रो बनाउन सकिने समेत बताउनुभयाे । छाेटाे समयमा याे स्कुल विद्यार्थीकाे राेजाईमा पर्दै गएको छ । स्कुलमा धेरै अतिरिक्त क्रियाकलाप संगै खेलकुद, चित्रकला, गायन नृत्य, हस्त लेखन जस्ता कार्यक्रम भईरहेकाे र विद्यार्थीका रुचि अनुसारका अन्य कार्यक्रम थप्दै लैजाने प्रिन्सिपल खनालले बताउनुभयाे ।