सुन्दरहरैँचा/ मोरङको सुन्दरहरैंचा १० स्थित विराटचोकमा रहेको हिमालय इङ्लिस स्कुलको ८ औं बार्षिक उत्सव तथा अभिभावक दिवस भब्ताका साथ सम्पन्न गरेको छ।
साे कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगु थिए । उनले हिमालय स्कुलले गरेको प्रगति देखेर आफु प्रभावित भएको उल्लेख गर्दै थप सफलताको शुभकामना दिए। मन्त्री जवेगुले समसामयिक विषयवस्तुको बारेमा विचार प्रकट गर्दै विद्यालयले दिने शिक्षा र संस्कारले विद्यार्थीको भविष्य निर्धारण हुने उल्लेख गरे।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल कमल खनालले विद्यालयकाे प्रगति प्रतिवेदन तथा भावी याेजना प्रस्तुत गरेका थिए । उनले हिमालय स्कुल विद्यालय तथा एनप्याब्सन नगरस्तरीय प्रतियोगितामा चित्रकला, वक्तृत्वकला, लोकनृत्य लगायतमा उत्कृष्ट हुदै आएको जानकारी दिए ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण ,विद्यार्थी तथा अभिभावको डान्स आइडल, नृत्य ,नाटक मन्चन तथा विविध सांस्कृतिक कार्यक्रम भएको थियाे ।
हिमालय इङ्लिस स्कुलको वार्षिकोत्सबकाे अवसरमा शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको थियाे ।