फिचर शिक्षा समाचार स्थानिय

हिमालय स्कुल जुनियर लाेक नृत्य प्रतियोगितामा जिल्ला प्रथम भएको छ 

विराटचाेक/  सुन्दरहरैंचा नगरपालिका वडा १० मा रहेको हिमालय इङ्ग्लिस स्कुलले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन-प्याब्सन) मोरङले आयोजना गरेको जिल्लास्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा उत्कृष्ट सफलता हासिल गरेको छ।

“म मरे पनि मेरो देश बाँची रहोस्” बोलको गीतमा हिमालयका बालबालिकाले प्रस्तुत गरेको सामूहिक नृत्यले सबैको मन छोयो। राष्ट्रिय तथा लोक नृत्य प्रतियोगितामा एन-प्याब्सन मोरङ जिल्लाभरका विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न प्रतियोगितामा हिमालय इङ्ग्लिस स्कुलका विद्यार्थीहरूले जुनियर तर्फ उत्कृष्ट स्थान हासिल गरे।

विद्यालयका प्रिन्सिपल कमल खनालले विद्यार्थीहरूको उत्कृष्ट सफलतामा खुसी व्यक्त गर्दै भविष्यमा पनि यस्तै उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे। विद्यालय व्यवस्थापन समितिले विद्यार्थीहरूलाई कला, संस्कृति तथा अन्य अतिरिक्त क्रियाकलापमा संलग्न गराउँदै उनीहरूको बहुपक्षीय विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

कार्यक्रममा उपस्थित अभिभावक, शिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले विजयी विद्यार्थीहरूको प्रशंसा गरे। यस उपलब्धिले विद्यालयको शैक्षिक तथा सांस्कृतिक पहिचानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

यसैगरी, हिमालय इङ्ग्लिस स्कुलले हस्तलेखन प्रतियोगितातर्फ जुनियर अङ्ग्रेजी हस्तलेखनमा द्वितीय र नेपाली हस्तलेखनमा सान्त्वना स्थान हासिल गर्‍यो।