खेलकुद फिचर समाचार

हिलेथाम फूटबलकाे उपाधि साँगुरीगढी लाई 

केराबारी । मोरङको केराबारी गाउँपालिका २ सिंहदेवीमा सम्पन्न भएको प्रथम हिलेथाम फूटबल कपकाे उपाधि साँगुरीगढी धनकुटाले हात पारेको छ ।  साेमबार भएका फाईनल खेलमा साँगुरीगढी गाउँपालिका धनकुटाले मिक्लाजुङ गाउँपालिका माेरङलाई हराउदै जित निकालेको हाे ।  फाइनल खेलमा मिक्लाजुङलाई २ का बिरूद्ध ३ गाेलले पराजित गर्दै साँगुरीगढीले जित सुनिश्चित गरेको हाे ।

हिलेथाम पर्यटन तथा खेलकुद विकास समिति केराबारी २ सिंहदेवीको आयोजनामा भएको प्रतियोगिताको उपाधि विजेताले नगद पुरस्कार ७५ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  यस्तै  उपविजेताले नगद पुरस्कार ५० हजार सहित ड्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।  कार्यक्रमका प्रमुख अतिथि केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिचिङले उक्त पुरस्कार प्रदान गरेका थिए । खेल पर्यटन तथा खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको खेल संयाेजक विक्रम शाहीले बताए । प्रतियोगिताको मुख्य प्रायोजक केराबारी गाउँपालिका र वडा नम्रब २ रहेकाे थियो ।