जीवनशैली समाचार

९० वर्षीय प्रेमबहादुर डाँगी कक्षा १ मा पढ्दै

दाङको तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगी दैनिक विद्यालय जादैछन् । आफू उमेरमा पढ्न नपाए पनि उनमा पढाइको भोक मरेन र अहिले उनी पनातिजस्ता उमेरका विद्यार्थीसँग कक्षा १ मा पढ्न थालेका छन् । चालु शैक्षिकसत्रदेखि उनले वीरेन्द्र मावि भ्यूडहर सुनपुरमा कक्षा १ को पढाइ सुरु गरेका हुन् । उनी भन्छन “सानोमा पढ्न पाइनँ, गाउँमा पनि आफूसँग गफगाफ गर्ने साथी पनि भेटिएनन बुढेसकालमा भए पनि केही कुरा सिकौँ भनेर स्कुल पढ्न आएको हुँ ।”