विराटनगर / प्रेस चौतारी नेपाल विराटनगर महानगर कमिटी गठन गरिएको छ। शुक्रबार विराटनगरमा सम्पन्न भेलाबाट निशान्त ढुंगानाको अध्यक्षतामा नयाँ कमिटी गठन भएको हो।
नवगठित कमिटीमा उपाध्यक्ष रश्मी थापा, सचिव रोशन पोखरेल र कोषाध्यक्ष सम्झना कार्की चयन भएका छन्। सदस्यमा सुजाता राई, राम खत्री र काजल देव रहनु भएका छन्।
निर्वाचित पदाधिकारीहरूलाई प्रेस चौतारी नेपालका केन्द्रीय सचिव बिक्रम लुइँटेलले सपथ ग्रहण गराउनुभयो।
कार्यक्रममा नेकपा एमाले मोरङ जिल्ला उप–सचिव तथा प्रेस चौतारी इञ्चार्ज सन्तोष बान्तवाले नवगठित कमिटीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नयाँ साेचकासाथ कमिटीलाई चलायमान बनाउनुपर्नेमा जाेड दिनुभयो ।
यस अवसरमा प्रेस चौतारी नेपालका सदस्य श्यामसुन्दर सुतिहारका छोरा श्रेय सुतिहारले एसईई परीक्षामा ४ जीपीए हासिल गरेकोमा सम्मान गरिएको थियो।
कार्यक्रम प्रेस चौतारी मोरङ जिल्ला अध्यक्ष चिना थापाको अध्यक्षतामा सम्पन्न भएको हो।




