कोशी प्रदेश पर्यटन फिचर मनोरंजन/कला साहित्य शिक्षा समाचार स्थानिय

लेटाङमा शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र उद्घाटन हुने

लेटाङ / मोरङको लेटाङ नगरपालिका–४ मा निर्माण भएको शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र (CLRC) यहि भदौ १३ गते विशेष समारोहका बीच उद्घाटन गरिने भएको छ।

“हाम्रो पुस्तकालय, हाम्रो भविष्य” भन्ने नारासहित हुने कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की प्रमुख अतिथि र नेपालका लागि जापानका राजदूत विशिष्ट अतिथि रहनेछन्। कार्यक्रममा सांसद, जापानबाट आएका प्रतिनिधि तथा स्थानीय सरोकारवालाको पनि सहभागिता रहनेछ।

पुस्तकालयलाई शिक्षा, सीप विकास, महिला सशक्तिकरण, युवाका अवसर विस्तार र सामुदायिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले आधुनिक रूप दिइएको हो। जापान सरकार, शान्ति भोलिन्टियर एशोसिएसन (SVA), READ Nepal र स्थानीय समुदायको सहकार्यमा निर्माण गरिएको यो पुस्तकालय भवनमा विभिन्न कक्ष र बहुउद्देश्यीय तालिम हलहरू समावेश छन्।

यस पुस्तकालयमार्फत हजारौँ स्थानीय बासिन्दा प्रत्यक्ष तथा अप्रत्यक्ष लाभान्वित हुने र आगामी दिनमा यसलाई नगरको प्रमुख स्रोत केन्द्रका रूपमा विस्तार गर्ने लक्ष्य लिएको संस्थाका अध्यक्ष सुदेश वस्तिले जनाएका छन्।