कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विद्युत ट्रान्सफर्मर चोरीका घटनामा संलग्न ७ जना र चोरीको सामान खरिद गर्ने ५ जनालाई पक्राउ गरेको छ।
साउन २० गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक ईश्वर कार्कीले विभिन्न मितिमा मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न स्थानहरुबाट विद्युतिय ट्रान्सफर्मर चोरी भएका घटना तथा चोरीमा संलग्न व्यक्तिहरु, चोरीका समान खरिद गर्ने व्यक्तिहरु र चोरी गर्न प्रयोग भएका औजार सहितको घटना विवरण सार्वजनिकीकरण गर्नु भएको हो ।
जिल्लाका बिभिन्न स्थानहरुमा जडान गरिएको बिधुतिय ट्रान्सफर्मरहरु बिभिन्न मितिमा चोरी भएको भन्ने सुचना प्राप्त हुनासाथ प्रादेशिक अपराध अनुसन्धान समुह विराटनगर कोशी प्रदेशको नेतृत्वमा सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरु समेतबाट प्रहरी टोली परिचालन गरी ट्रान्सफर्मर भएको एरिया इलाकाहरुमा विशेष निगरानी बढाई संकास्पद स्थानहरुमा स्टिङ अपरेशन गरि चोरीमा व्यक्तिहरु र सामग्री खरिद ब्यक्ती हरुलाई नियन्त्रणमा लिएको छ ।
बिभिन्न समुहहरु बनाई ट्रान्सफर्मर चोरीमा संलग्न व्यक्तिहरुको खोजतलास तथा अनुसन्धानको क्रममा मोरङ ग्रामथान-४ का ४२ बर्षीय अर्जुन कुमार माझी, ग्रामथान- ५ का ३१ बर्षीय इरज धामी, बेलबारी- ३ का २७ बर्षीय रञ्जित तामाङ, बेलबारी- ४ का २६ बर्षीय अर्जुन चौधरी, सुनसरी दुहवी-३ का ३५ बर्षीय अनुज विस्वास, दुहवी- २ का ३९ बर्षीय प्रयाग कुमार खाँ चौधरी र भारत घर भई हाल दुहवी- ४ स्थित ससुराली घरमा बस्दै आएका ३४ बर्षीय आलम मिँयालाई पक्राउ गरिएको हो ।
चोरीको सामान खरिद गर्ने विराटनगर-३ का ५३ बर्षीय लक्ष्य प्रधान, विराटनगर- ६ का ६२ बर्षीय कृष्ण गोपाल ताम्राकार, सुनसरी दुहबी-३ का ३२ बर्षीय योगेश अग्रवाल, दुहबी- २ का ३१ बर्षीय कपिल भट्ट र इटहरी- ४ का ३९ बर्षीय सिताराम राईलाई उनिहरुले खरिद गरेको चोरीको सामग्री सहित नियन्त्रणमा लिएको थियो ।




