विराटचौक मोरङ/ सुन्दरहरैंचा नगरपालिकामा रहेको विराट साहित्य समाज सुन्दरहरैंचाको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। समाजका अध्यक्ष उमानाथ भट्टराईको अध्यक्षता र जगन्नाथ पौडेलको प्रमुख आतिथ्यमा शनिबार जेष्ठ नागरिक समाज खार्सानेमा कार्यक्रम सम्पन्न भएको हो।
साधारणसभाबाट विदुर सुवेदीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। समितिको उपाध्यक्षमा एमणि अधिकारी, सचिवमा माधवप्रसाद दाहाल, सहसचिवमा वासुदेव बराल र कोषाध्यक्षमा रमेश खड्का चयन भएका छन्।
यस्तै सदस्यहरूमा नरप्रसाद भण्डारी, वासुदेव अधिकारी, पुरुषोत्तम भट्टराई, जमुना कोइराला, उमादेवी गुरागाई, गोपालप्रसाद पौडेल, टंकप्रसाद लामिछाने र विनोद चापागाई रहेका छन्।
कार्यक्रममा समाजका संस्थापक अध्यक्ष मेदिनीप्रसाद बराल, पूर्व अध्यक्ष मोहनप्रसाद काफ्ले, बयोवृद्ध सदस्य रामचन्द्र घिमिरे, प्रेमप्रसाद भट्टराई, अमृतप्रसाद आचार्यलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाको प्रगतिबारे समीक्षा र आगामी कार्यक्रमहरूबारे छलफल गरिएको थियो।




