कोशी प्रदेश फिचर शिक्षा समाचार स्थानिय

हिमालय इङ्लिस स्स्कुलका प्रिन्सिपल कमल खनाललाई अन्तर्राष्ट्रिय अवार्ड

विराटचाेक:  एक्जिटो इभेन्ट्स अष्ट्रेलियाद्वारा आयोजित इन्टरनेसनल एक्सिलेन्स अवार्डमा सुन्दरहरैंचा नगरपालिका वार्ड नं. १० मा अवस्थित हिमालयइंग्लिस स्कुलको संस्थापक प्रिन्सिपल श्री कमल खनालले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ। 

खनाललाई आउट स्टेन्डिङ अवार्डद्वारा सम्मान गर्न लागिएको हो। मलेसियामा आयोजना गरिने कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, यु.एस.ए., यु.के., इण्डिया, बांग्लादेश लगायत विभिन्न देशहरुका विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्यालयहरु, संस्थाहरु र व्यक्तित्वहरुलाई इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गर्न लागिएको हो ।

 विगत ३ वर्षदेखि यो कार्यक्रम आयोजना हॅुदै आइरहेको छ । विश्वका विभिन्न राष्ट्रहरूमा शैक्षिक कार्यक्रम संचालन, सहजीकरण र समन्वय गर्ने एक्जिटो एजुकेसनद्वारा अक्टोबर १४ मा मलेसियाको कलालम्पुरको लिनकन युनिभर्सिटीबाट प्राप्त गर्ने उक्त अवार्ड ग्रहण गर्नका लागि विद्यालयका संस्थापक प्रिन्सिपल श्री कमल खनाल आगामी अक्टोबर ५ देखि १५ सम्म सिंगापुर, थाइल्याणड र मलेसियाको स्कुल, कलेज तथा युनिभर्सिटी भ्रमणमा प्रस्थान गर्ने भएका छन्।