फिचर समाचार स्थानिय

नगरस्तरीय महिला भलिबल टोली निर्माणका लागि लेटाङमा एक महिने प्रशिक्षण

लेटाङ/ माेरङकाे लेटाङ नगरपालिकाले नगरस्तरीय महिला भलिबल टोली निर्माणको लक्ष्यका साथ एक महिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा पौष ५ गतेदेखि सुरु भएको प्रशिक्षणमा राष्ट्रिय भलिबल टोलीका पूर्वखेलाडी प्रकाश थपलियाले प्रशिक्षण दिइरहेका छन् लेटाङ-४ स्थित भलिबल कोर्टमा विहान र दिउँसो गरी दुई सत्रमा सञ्चालन भइरहेको प्रशिक्षणमा नगरका ३० भन्दा बढी […]

फिचर समाचार स्थानिय

इन्द्रपुर जेसीजको अभियान: हुनेले दिने, नहुनेले लिने

विराटचाेक /  इन्द्रपुर जेसीजकाे आयाेजना तथा इन्द्रपुर जुनियर जेसीजको सह आयोजनामा “हुनेले दिने, नहुनेले लिने” भन्ने मूल नाराका साथ जेसीआई कपडा बैंक स्थापना हुने भएको छ। आइतबार सुन्दरहरैँचा ९ स्थित इन्द्रपुर जेसीजकाे सचिवालयमा पत्रकार सम्मेलन गरि साे कुरा जानकारी गराईएकाे हाे ।  इन्द्रपुर जेसिजका अध्यक्ष जेसी आकाश दुलालले जानकारी दिए अनुसार पुस २९ देखि माघ […]

कोशी प्रदेश फिचर समाचार स्थानिय

आत्मानिर्भर कृषि सहकारी संस्थाको नयाँ नेतृत्व चयन, अध्यक्षमा भट्टराई 

विराटचोक/ आत्मानिर्भर कृषि सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा शनिबार मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ स्थित नवसृजना युवा क्लबको सभाहलमा सम्पन्न भएको छ। साधारणसभाले राजु भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा टेकनाथ बराल, सचिवमा केदार श्रेष्ठ र कोषाध्यक्षमा पुष्पा विक चयन भएका छन्। सदस्यहरूमा कृष्णचन्द्र सुवेदी, ओमकुमारी बानिया, भोगेन्द्र न्यौपाने, गिता गौतम, […]

कर्णाली प्रदेश फिचर समाचार स्थानिय

रेडक्रस सुन्दरहरैँचा उपशाखाकाे दाेस्राे साधारणसभा सम्पन्न 

विराटचाेक:  नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । माेरङकाे सुन्दरहरैँचा ८ सलकपुरमा रहेको सार्वजनिक पुस्तकालयमा सम्पन्न भएको हाे ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा नम्बर ८ का  वडाध्यक्ष खेमप्रसाद न्यौपानेले आगामी दिनमा वडाले रेडक्रससँग सहकार्य गरेर विपद्जन्य कार्यमा हातेमालो गर्ने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचा उपशाखाका […]

कोशी प्रदेश फिचर मनोरंजन/कला साहित्य समाचार स्थानिय

लेखनाथ पौडेलको जन्म जयन्तीका अवसरमा सुन्दरहरैँचामा वक्तृत्वकला सम्पन्न 

विराटचाेक / कवि शिरोमणि लेखनाथ पौडेलको जन्म जयन्तीको अवसरमा सुन्दरहरैँचामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विराट साहित्य समाज सुन्दरहरैँचाको आयोजना र पौडेल वंश प्रतिष्ठानको प्रायोजनमा माध्यमिक विद्यालय स्तरीय प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा शिक्षा निकेतन माध्यमिक विद्यालयकी छात्रा विपस्वी पोखरेल प्रथम भइन्। पञ्चायत माध्यमिक विद्यालयकी जानुका मगर द्वितीय, साजिलाल माविका संस्कार पोखरेल तृतीय र सुकुना […]

फिचर समाचार स्थानिय

२० वर्षअघि राखिएको एम्बुस सिलिन्डर बम सेनाद्वारा डिस्पोज

विराटचोक / मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मालती पुलनजिकै २० वर्षअघि राखिएको “एम्बुस” सिलिन्डर बम डिस्पोज गरिएको छ। बम राखिएको सूचना पाएपछि नेपाली सेनाले बिहीबार बिहानदेखि बमको खोजी गरी साँझ डिस्पोज गरेको हो। तत्कालीन माओवादी जनयुद्धमा संलग्न एक व्यक्तिले राजमार्ग मुनि सुरूङ खनेर बम राखिएको र त्यो धेरै शक्तिशाली रहेको सुरक्षा निकायमा जानकारी दिएका थिए। बम राखिएको […]

फिचर समाचार स्थानिय

सुन्दरहरैँचामा हात्तीको आतंकले जङ्गल आसपासका स्थानीय त्रसित

विराटचोक: मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० मा जंगली हात्तीले तीन घरमा क्षति पुर्‍याएको छ। स्थानीय लिजा श्रेष्ठको घरको दिवाल भत्काएको र घरभित्र रहेको दराज तथा लत्ताकपडामा क्षति पुगेको छ। खड्गमाया बरालको घरमा रहेको धान नष्ट गरिदिएको छ। एक्लै बस्दै आएकी बरालको घरमा बिहानीपख आएको जंगली हात्तीले घर भत्काएर अन्न खाएको हो। यस्तै, कृष्णदेव राईको […]

फिचर समाचार स्थानिय

नेपालमा भूकम्पको धक्का

विराटचाेक : पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ६ः५१ मा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पले हल्लाएपछि मानिसहरू घरबाट सडकमा निस्किएका थिए । केन्द्रविन्दु र भूकम्पको क्षतिको विवरण खुलिसकेको छैन् ।

कोशी प्रदेश फिचर समाचार स्थानिय

इन्द्रपुर जेसीज तथा जुनियर जेसीजको पदस्थापन सम्पन्न

विराटचोकः मोरङको सुन्दरहरैँचास्थित इन्द्रपुर जेसीजको २३ औं तथा इन्द्रपुर जुनियर जेसीजको ७ औं पदस्थापन समारोह सम्पन्न भएको छ । कार्यक्रम विराटचोकमा रहेको नेपालीरिका होटलमा बुधबार भएको थियो । पदस्थापन कार्यक्रममा इन्द्रपुर जेसीज वर्ष २०२४ का अध्यक्ष उत्सव थापाले वर्ष २०२५ का अध्यक्ष आकाश दुलाललाई चेन सहित जेसिजको पदभार हस्तान्तरण गरेका थिए । त्यसैगरी जुनियर जेसीज […]

फिचर समाचार स्थानिय

सुन्दरहरैँचा विराट एक्स्पोको चौथो संस्करण माघ ३० गतेदेखि हुने

विराटचोकः सुन्दरहरैँचा विराट एक्स्पोको चौथो संस्करण माघ ३० गतेदेखि फागुन १० गतेसम्म हुने भएको छ । आज बुधबार मेला स्थल वडा नम्बर १० स्थित विराटचोकमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा मेला सञ्चालन विषयमा छलफल भएको हो । सुन्दरहरैंचामा निर्माण गर्न बाँकी रहेका सार्वजनिक शौचालय निर्माण गर्न मेला लगाउन लागिएको हो । मेला आगामी माघ ३० […]