सिजुवा/ १७ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रतुवामाई नगरपालिका–६ स्थित सौँठा माध्यमिक विद्यालयमा आइतवार भव्यताका साथ सुरूआत गरिएको छ । रतुवामाई नगरपालिकाका मेयर एवम् प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नागेश्वर प्रसाद सिंहले फागुन १०, ११ र १२ गतेसम्म चल्ने तीन दिवसीय प्रतियोगिताको उद्घाटन गर्दै आगामी दिनमा नगरपालिकाबाट प्रतियोगिताका लागि थप बजेट विनियोजन गरिने बताए । […]
खेलकुद
प्रथम सुकेचौरी नकआउट फुटबल : टाँडीलाई पाखा लगाउँदै बेलबारी सेमीफाइनलमा
प्रथम सुकेचौरी नकआउट फुटबल : टाँडीलाई पाखा लगाउँदै बेलबारी सेमीफाइनलमा लेटाङ । लेटाङमा जारी प्रथम सुकेचौरी खुल्ला नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिन आज भएको रोमाञ्चक खेलमा विजयी हुँदै बेलबारी फुटबल क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । टाँडी स्पोर्टिङ क्लब मिक्लाजुङलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै बेलबारीले अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो […]
सुन्दरहरैँचामा सातौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड माघ ३ देखि ५ गतेसम्म हुने
विराटचोक : माेरङकाे सुन्दरहरैँचामा सातौँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगिताको आयोजना सुकुना माध्यमिक विद्यालयले तथा सहआयोजना महेन्द्र माध्यमिक विद्यालयले गरेका छन् । सम्पूर्ण खेल वडा नम्बर १० मा रहेको सुकुना माध्यमिक विद्यालयमा हुने छन् । बुधबार सुकुना माध्यमिक विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी […]
दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता माघ ६ देखि ८ गतेसम्म
विराटचोक : दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता माघ ६ गतेदेखि ८ गतेसम्म मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछिया खेल मैदानमा आयोजना हुने भएको छ । प्रतियोगिताबारे जानकारी आज आयोजित पत्रकार सम्मेलनमार्फत गराइएको हो । प्रतियोगिताको आयोजन सिद्धार्थ युवा समाजले गरेको हो । समाजका अध्यक्ष असिम राईले पत्रकार सम्मेलनमा जानकारी दिँदै हालसम्म […]
एनपीएलको दोस्रो सिजनमा अपराजित सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
काठमाडौंः जारी सिजनमा अपराजित रहेको सुदूर पश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको हो । सुदूर पश्चिमका लागि आरिफ शेखले ३२ बलमा १ चौका र […]
आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप–२०८२ हुने
बेलबारी । मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गस्थित प्रस्तावित रंगशालामा आठौँ बेलबारी आरजु राईस मेजर स्व. एन.बि. रुमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकप–२०८२ हुने भएको छ । एलएक्स सिटी फुटबल क्लबको आयोजनामा असोज २६ गतेदेखि कार्तिक १ गतेसम्म प्रतियोगिता हुने जानकारी मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । आयोजकका अनुसार प्रतियोगितामा ८ टिम सहभागी हुने छन् । नेपालका […]
मोरङकी दीपा विष्ट चौथोपटक बनिन् विश्वच्याम्पियन
थाइल्यान्डमा सम्पन्न विश्व स्ट्रेन्थ लिफ्टिङ एन्ड आइभिपी च्याम्पियनसिपमा मोरङ सुन्दरहरैँचाकी खेलाडी दीपा विष्टले लगातार चौथोपटक विश्वच्याम्पियन बन्ने कीर्तिमान राखेकी छिन् ।२०८२ असार ३२ देखि ३ साउन (जुलाई १६–१९, २०२५) सम्म थाइल्यान्डको फत्तायामा सम्पन्न उक्त प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिका– ११, की ३० वर्षीया खेलाडी दीपा ९० केजी तौल उठाउँदै १८ देशका प्रतिस्पर्धीलाई पछि पारेर चौथोपटक पनि विश्वच्याम्पियन […]
सुन्दरहरैँचा तेस्रो मेयर कपको उपधी आयोजक टिम सुन्दरहरैँचा नगरपालिकाले चुम्यो
विराटचाेक । माेरङकाे सुन्दरहरैँचामा जारी तेस्रो मेयर कपको उपधी आयोजक टिम सुन्दरहरैँचा नगरपालिकाले चुमेको छ । शनिवार वडा नं.१ स्थित पचाम खेल मैदानमा सम्पन्न फाइनल खेलमा पथरीशनिश्चरे नगरपालिकाको फुटबल टिमलाई हराउँदै सुन्दरहरैँचाले उपाधि हात पारेको हो । सुन्दरहरैँचाले पथरीशनिश्चरेलाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको ११ मिनेटमा पथरीशनिश्चरेका जर्सी नं.१० का […]
लेटाङ खेलकुद महाेत्सव: महिला र पुरूष भलिवलतर्फको उपाधि लेटाङ ७ ले जित्यो
लेटाङ । लेटाङ खेलकुद महोत्सव अन्तरगत भलिवल खेलमा पुरुष र महिला दुवैतर्फको उपाधि लेटाङ ७ ले जितेको छ । आज मंगलबार लेटाङ भलिवल क्लवको कोर्टमा सम्पन्न भलिबलको पुरुष र महिलातर्फका फाइनल खेलमा विजयी हुँदै वडा नम्बर ७ ले दुवै उपाधिमा कब्जा जमाएको हो ।पुरुषतर्फको फाइनल खेलमा वडा नम्बर १ लाई ३–२ ले पराजित गर्दै वडा […]
बाघचालमा लेटाङ–४ का रामकुमार श्रेष्ठ च्याम्पियन
लेटाङ / लेटाङ खेलकुद महोत्सव अन्तरगत मंगलबार सम्पन्न बाघचाल प्रतियोगितामा लेटाङ–४ का रामकुमार श्रेष्ठ च्याम्पियन बनेका छन् । नगरपालिकामै पहिलोपटक परम्परागत बाघचाल खेलको प्रतियोगिता सञ्चालन गरिएकोमा लेटाङ ५ का चन्द्रकुमार श्रेष्ठलाई २–० को सोझो सेटमा पराजित गर्दै रामकुमार श्रेष्ठ च्याम्पियन बनेका हुन् ।रामकुमार श्रेष्ठसँग पराजित भएका लेटाङ ६ का चन्द्रकुमार श्रेष्ठ दोश्रो भए भने लेटाङ […]










