माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताकाे उदघाटन खेलमा एन.आर सि. भेट्रान सिक्किम (भारत) लाई एक गाेलका विरूद्व ६ गोलकाे अन्तरले पछि पार्दै दुधे भेट्रान झापाले विजयी सुरूवात गरेको छ । नगरकाे सुकुना खेल मैदानमा विराट भेट्रानद्वारा आयाेजित प्रतियाेगितामा सिक्किम (भारत) लाई पछि पार्दै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । कडा प्रतिष्पर्दा […]
खेलकुद
दोस्रो ‘एसीयन सुटिङबल च्याम्पियनसिप’ इटहरीमा सुरु, नेपालसहित चार देशको सहभागिता
इटहरी / सुनसरीको इटहरीमा शनिबारदेखि दोस्रो ‘एसीयन सुटिङबल च्याम्पियनसिप २०२५’ भव्य रूपमा सुरु भएको छ। प्रतियोगितामा नेपालसहित चार देशका खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल, भारत, बांगलादेश, र पाकिस्तानका उत्कृष्ट खेलाडीहरू प्रतियोगितामा सहभागी छन् ।यस वर्षको प्रतियोगितामा नेपालबाट पुरुष र महिलाको छुट्टाछुट्टै टिममा ४५ जना खेलाडी छन्। भारतबाट ६२ जना, बांगलादेशबाट १२ जना, र पाकिस्तानबाट १४ […]
चाैथाे संस्करणकाे विराट भेट्रान फुटबल माघ १९ गतेदेखि सुकुना खेलमैदानमा हुने
विराटचाेक: यही माघ १९ गतेदेखि विराट भेट्रानको आयोजनामा विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजकले साेेमबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार प्रतियोगितामा भारतका जी जे युनाइटेड भेट्रान दार्जिलिङ र एनआरसी भेट्रान सिक्किमले पनि प्रतिष्पर्धा गर्ने भएका छन् । १० टिममध्ये बाँकी ८ टिम नेपालका रहेका छन् । नेपालका दुधे भेट्रान झापा, […]
एनप्याब्सन मोरङले विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम गर्ने
विराटचोक: राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एनप्याब्सन) मोरङले माघ १६ गते विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको छ। कार्यक्रम सुन्दरहरैँचा ८ स्थित दुर्गादेवी दुलाल सुन्दरहरैँचा स्पोर्टग्राममा हुनेछ। अध्यक्ष नारायण ढकालका अनुसार कार्यक्रममा लोक नृत्य, चित्रकला, हस्तलेखन र विज्ञान प्रदर्शनी प्रतियोगिता हुने जनाईएकाे छ । याे कार्यक्रमले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन र नेतृत्व विकासमा सहयोग पुग्नेछ। […]
वडा नं १२ लाई सुन्दरहरैंचा क्रीकेट कपको उपाधि
इन्द्रपुर क्रिकेट क्लबले आयोजना गरेको प्रथम वडास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि सुन्दरहरैंचा नगरपालिका वडा नं १२ को टिमले हात पारेको छ। सुकुना बहुमुखी क्याम्पसको खेल मैदानमा आयोजित प्रतियोगिताको फाइनल खेलमा वडा नं ९ लाई ८ विकेटले हराउँदै वडा नं १२ ले उपाधि हात पारेको हो। टस जितेर ब्याटिङ गरेको वडा नं ९ ले ११ ओभरमा अलआउट […]
बेलबारी गोल्डकपको उपाधि झापा ११ लाई
विराटचाेक: माेरङकाे बेलबारीमा सम्पन्न सातौं बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ। एलएक्स सिटी फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा झापाले सिराहाको सलहेस फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्यो। निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा झापाले सिराहालाई ५-३ गोलको अन्तरले पराजित गर्यो। विजेता […]
क्रिकेट खेलको विकासमा नगरपालिका लाग्ने मेयर गुरागाईंको प्रतिबद्धता
बिराटचोक – मोरङको सुन्दरहरैंचामा पहिलो पटक वडास्तरीय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा सुकुना बहुमुखी क्याम्पसको खेल मैदानमा प्रतियोगिताको आयोजना गरिएको हो। खेलको उद्घाटन गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईंले क्रिकेट खेलको विकास र खेलाडीलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए। उनले भने, “क्रिकेट अहिले राष्ट्रलाई चिनाउने प्रमुख माध्यम बनेको छ। हाम्रो नगरका खेलाडी र […]
बेलबारी गोल्डकप: चित्लाङ सेमिफाइनलमा
विराटचाेक: मोरङको बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा काठमाडौंको चित्लाङ फुटबल क्लब पुगेको छ । बेलबारी–११ लक्ष्मीमार्गमा सोमबार भएको खेलमा चित्लाङले धनकुटाको राजारानी फुटबल क्लबलाई ३–१ गोलअन्तरमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।खेलको १६ औं मिनेटमा विदेशी खेलाडी हेनरीले गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए । ३३ औं मिनेट […]
नेपालले माल्दिभ्सको पोष्टमा गर्याे ११ गोलकाे वर्षा
काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ मा नेपालले सानदार जित निकालेको छ। सोमबार दशरथ रंशगालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि गोलको वर्षा गर्ने क्रममा ११-० गोलको जित निकाल्यो। नेपालको जितमा रेखा पौडेलले पाँच गोल गरिन्। उनले खेलको ३१, ४१, ४७, ६३ र ७८ मिनेटमा गोल गरिन्। प्रिति राईले पनि ह्याट्रिक पूरा गरिन्। उनले खेलको पाँचौं, ६५ […]
सुन्दरहरैंचामा वडास्तरीय क्रिकेट प्रतियोगिता हुने
बिराटचोक: मोरङको सुन्दरहरैंचामा पहिलो पटक वडास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ। सोमबारदेखि प्रथम सुन्दरहरैंचा वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुन लागेको हो। सुन्दरहरैंचा १२ मा रहेको इन्द्रपुर क्रिकेट क्लबले प्रतियोगिता आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। क्लबका अध्यक्ष प्रमेन्द्र के.सी.ले स्थानीय स्तरमा क्रिकेटको विकास गर्न, युवाहरूमा क्रिकेट खेलप्रतिको चासो र जागरूकता बढाउने लक्ष्यका […]










