कोशी प्रदेश पर्यटन फिचर समाचार स्थानिय

जनचेतना सामुदायिक वन उपभोक्ता समूहद्वारा वृक्षारोपण

मोरङको सुन्दरहरैंचा–९ मा रहेको वन क्षेत्रमा आज जनचेतना सामुदायिक वन उपभोक्ता समूहले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। समूहका अध्यक्ष सिताराम पाण्डेका अनुसार करिब ३ हेक्टर जमिनमा वृक्षारोपण गरिएको हो। गत वर्ष राेपिएका विरूवाहरू अहिले हुर्किएका छन् । त्यो भन्दा तल्लो पट्टी याे वर्ष पनि राेपिएकाे हाे । यसपटक साल, साज, निम, सतिसाल, हात्तीफल लगायत जातका […]

कोशी प्रदेश पर्यटन समाचार स्थानिय

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु 

मोरङको सुन्दरहरैँचामा माछा मार्ने क्रममा करेन्ट लागेर शनिबार बिहान श्रीमान-श्रीमतीको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका-७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिसपी कोपिला चुँडालले जानकारी दिनु भयो ।  उहाँकाअनुसार सुन्दरहरैँचा-७ स्थित मदेली खोलाको पुलमुनि विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै […]

कोशी प्रदेश पर्यटन फिचर समाचार स्थानिय

सुकुना सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

मोरङ, सुन्दरहरैँचा–१० स्थित सुकुना सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। करिब ४.४५ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त क्षेत्रमा विभिन्न जातका बिरुवाहरु रोपिएको हो। वृक्षारोपण कार्यक्रमको उद्घाटन सब डिभिजन वन कार्यालय सलकपुर वन सहायक राममाया परियारले गर्नुभयो।  कार्यक्रममा खोर्साने सामुदायिक विकास केन्द्रका प्रतिनिधि, सामुदायिक वनका पदाधिकारीहरू, स्थानीय बासिन्दा तथा सहयोगी मनहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रम […]

पर्यटन फिचर मनोरंजन/कला साहित्य शिक्षा समाचार स्थानिय

धिमाल युवा प्रतिभा पुरस्कार याे वर्ष डा. सुजना धिमाललाई प्रदान गरिने

धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ ।धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल, मंगलबारेमा साेमबार बसेकाे बैठकले धिमाल जाति कै पहिलाे एमबिबिएस डा. सुजना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएकाे पुरस्कार छनाैट समितिका संयाेजक […]

कोशी प्रदेश पर्यटन फिचर राजनीति समाचार स्थानिय

सुन्दरहरैँचामा तीन दिनसम्म गणतन्त्र दिवस भव्य रूपमा मनाईने

विराटचाेक:  मोरङको सुन्दरहरैँचा नगरपालिकाले जेठ १५ गते मनाइने गणतन्त्र दिवस तीन दिनसम्म भव्य रूपमा मनाउने तयारी गरेको छ। मंगलबार नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो। बैठकअनुसार, जेठ १४ गते नगर क्षेत्रका सबै वडामा सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। १५ गते नगरपालिका परिसरमा वृहत् रक्तदान कार्यक्रम हुनेछ भने १६ गते वडा नं. […]

कोशी प्रदेश पर्यटन फिचर शिक्षा समाचार स्थानिय

सुविजिमुर मेमोरियल स्कुलले भव्यरूपमा सम्पन्न गर्याे ३१ औं अभिभावक दिवस 

विराटचाेक:   मोरङको सुन्दरहरैंचा–१२ स्थित सुविजिमुर मेमोरियल माध्यमिक विद्यालयले ३१औँ अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम शुक्रबार इन्द्रपुर जेसीज भवनको सभाहलमा सम्पन्न भएको हो।  कक्षागत प्रथम, दाेस्राे र तेस्रो हुने विद्यार्थीलाई विशेष छुट सुविधा सहित पुरस्कार प्रदान गरिएकाे छ । यस्तै विद्यालय प्रथम हुनेलाई पूर्ण रूपमा छुट दिने विद्यालयले जनाएको छ ।   […]

कोशी प्रदेश पर्यटन फिचर विचार शिक्षा समाचार स्थानिय

सुन्दरहरैंचामा कुन विद्यालयले कति कक्षा पढाउन पाउँछन्? अनुमति भन्दा माथि पढाए कार्वाही हुने 

विराटचोक: मोरङकाे सुन्दरहरैंचा नगरपालिकाले नगर भित्र रहेका संस्थागत विद्यालयहरूको कक्षा सञ्चालन सम्बन्धी अनुमति प्रणालीलाई कडाइका साथ कार्यान्वयनमा ल्याउने भएको छ।  नगरपालिकाले हालसम्म अनुमतिप्राप्त ४८ वटा विद्यालयहरूको नामावली सार्वजनिक गर्दै, ती विद्यालयहरूले कुन कक्षा सम्म सञ्चालन गर्न पाउने भनेर स्पष्ट पारेको छ। अनुमति प्राप्त विद्यालयकाे सूची नगरपालिकाका अनुसार, कुनै पनि विद्यालयले माथि प्रकाशित अनुमति प्राप्त कक्षाभन्दा […]

कोशी प्रदेश पर्यटन फिचर शिक्षा समाचार स्थानिय

सुकुना क्याम्पसका संस्थापक क्याम्पस प्रमुख काफ्लेकाे जीवनमा आधारित पुस्तक विमाेचन 

विराटचोकः सुकुना बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख रामप्रसाद काफ्लेको जीवनीमा आधारित कृति ‘सेवाका सारथी रामप्रसाद काफ्ले’ शनिबार विमोचन गरिएको छ । सुन्दरहरैंचा–५ स्थित नयाँ वृन्दावन गौशालामा आयोजित कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृतिको लोकार्पण गर्नुभएको हो । कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, पूर्व राज्यमन्त्री राजकुमार ओझा, प्रा. डा टंकप्रसाद न्यौपानेलगायतको उपस्थिति रहेको थियो । सो […]

कोशी प्रदेश पर्यटन फिचर शिक्षा समाचार स्थानिय

सुकुना क्याम्पसमा हुने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको तयारी तिब्र

माेरङकाे सुन्दरहरैँचा १२ स्थित सुकुना बहुमुखी क्याम्पसद्वारा वैशाख ६ र ७ गते हुन गइरहेको अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको पूर्वतयारीका सन्दर्भमा बुधवारका दिन क्याम्पसका सम्पूर्ण पठनपाठन र प्रशासनिक कार्य स्थगन गरेर शिक्षक कर्मचारीको संयुक्त बृहत् बैठक आयोजना गरिएकाे छ । कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले कार्यक्रमको गरिमा र प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा सक्रिय सहभागी हुनुपर्ने बताए […]

पर्यटन फिचर समाचार स्थानिय

भोलिदेखि सुन्दरहरैंचामा गोदावरी रिसोर्ट सञ्चालनमा आउने

 नयाँ वर्षको अवसर पारेर भोलिदेखि सुन्दरहरैंचामा गोदावरी रिसोर्ट सञ्चालनमा आउने भएको छ । यसअघि सञ्चालित त्रिवेणी रिसोर्टमा सञ्चालकहरू परिवर्तन भएसँगै नाम परिवर्तन गरेर रिसोर्ट सञ्चालन हुने भएको हो । रिसोर्ट सञ्चालनको पूर्व सन्ध्यामा आज रिसोर्ट परिसरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार ४० करोडको लगानीमा सो रिसोर्ट सञ्चालनमा आउने भएको हो । १० बिघा क्षेत्रफलमा फैलिएको […]