विराटचोक : दोस्रो सुन्दरहरैँचा उपमेयर कप कोशी प्रदेश अन्तरपालिका महिला भलिबल प्रतियोगिता माघ ६ गतेदेखि ८ गतेसम्म मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गछिया खेल मैदानमा आयोजना हुने भएको छ । प्रतियोगिताबारे जानकारी आज आयोजित पत्रकार सम्मेलनमार्फत गराइएको हो । प्रतियोगिताको आयोजन सिद्धार्थ युवा समाजले गरेको हो । समाजका अध्यक्ष असिम राईले पत्रकार सम्मेलनमा जानकारी दिँदै हालसम्म […]
फिचर
सामाजिक मिलन केन्द्र प्रतिष्ठानको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, ज्येष्ठ नागरिकलाई सम्मान
गोठगाउँः सामाजिक मिलन केन्द्र प्रतिष्ठान सुन्दरहरैंचाको तेस्रो वार्षिक साधारणसभा शनिबार प्रतिष्ठानको कार्यालयमा सम्पन्न भएको छ । सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष भुवनसिंह आलेमगरको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा प्रतिष्ठानका ज्येष्ठ आजीवन सदस्यलाई सम्मान गरिएको थियो । प्रतिष्ठानले तेजप्रसाद सिटौला, मधुसुदन घिमिरेलगायतलाई दोसल्ला ओढाएर सम्मान गरेको हो । साधारणसभाले प्रतिष्ठानका अध्यक्ष गंगानाथ पोखरेलले प्रस्तुत गर्नुभएको […]
सुन र चाँदीको भाउ दुवैले बनाए हालसम्मकै उच्च मूल्यको रेकर्ड
विराटचोकः आज सुन र चाँदी दुवैको भाउले हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेका छन् । आज सुनको भाउ तोलाको ४ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलाको २०५ रुपैयाँ बढेको छ । यो सँगै सुनको भाउले पुस गते कायम गरेको उच्च मूल्यको रेकर्ड तोडेको हो । हिजो पनि सुनको भाउ पुस १३ गतेकै मूल्यमा पुगेको […]
लेटाङमा मेलमिलाप स्थापना दिवसको अवसरमा मेलमिलापकर्तालाई सम्मान
लेटाङः लेटाङ नगरपालिकामा मेलमिलाप स्थापना दिवसको अवसरमा मेलमिलापकर्ता सम्मान तथा मेलमिलापकर्ताका लागि सञ्चालन गरिएको तीन दिने कानुनी पुनर्ताजगी तालिम समापन गरिएको छ । “बेलैमा गरौँ मिलाप, नगरौँ विलाप” भन्ने सन्देशसहित आयोजित तालिममा स्थानीय तहमा देखा पर्ने विवादलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने व्यावहारिक सीप, कानुनी कार्यविधि र न्यायिक समितिको अधिकारक्षेत्र सम्बन्धी विषयमा अधिवक्ता गणेशराज लुइँटेलले सहजीकरण […]
सुन्दरहरैचाले छात्रासँग उपमेयर कार्यक्रममार्फत विपन्न तथा जेहेन्दार छात्रालाई गर्याे आर्थिक सहयोग
सुन्दरहरैचा नगरपालिकाले ‘छात्रासँग उपमेयर’ कार्यक्रममार्फत नगरभित्रका विपन्न तथा जेहेन्दार छात्राहरूलाई आर्थिक सहयोग प्रदान गरेको छ । नगरपालिकाभित्र सञ्चालित ११ वटा सामुदायिक माध्यमिक विद्यालयमा अध्ययनरत ५५ जना छात्रालाई जनही ५ हजार रुपैयाँका दरले नगद सहयोग वितरण गरिएको हो । यस कार्यक्रमअन्तर्गत कुल २ लाख ७५ हजार रुपैयाँ छात्राहरूलाई प्रदान गरिएको नगरपालिकाले जनाएको छ । छात्राहरूको छनोट […]
मोरङको केराबारी बन्यो प्यानकार्ड वितरण गर्ने देशकै पहिलो पालिका
देशभरका करदाता सेवा कार्यालय खारेज गरेको आन्तरिक राजस्व विभागले बुधबारदेखि स्थानीय तहबाटै प्यान कार्ड वितरण सुरु गरेको छ । पहिलोपटक मोरङको केराबारी गाउँपालिकाबाट पहिलोपटक व्यवसायिक स्थायी लेखा नम्बरको प्रमाणपत्र जारी भएको छ । व्यवसायिक रुपमा ‘दि भाइब्स क्याफे एण्ड रेष्ट्रो’ र व्यक्तिगत रुपमा चित्रकुमार तामाङको नाममा जारी भएको उक्त प्रमाणपत्र अर्थमन्त्री रामेश्वर खनालले हस्तान्तरण गरी […]
तेली खोलामा ४ करोडको पक्की पुल योजना अलपत्र, काम सुरु गराउन मेयरउपमेयरको पहल
लेटाङ ९ पुस । मोरङको लेटाङ ८ जाँते बजारबाट मिक्लाजुङ ५ बेलटार जोड्ने हजारौँ मानिसको दैनिक आवतजावत हुने साथै पर्यटकीय रमितेसहितका क्षेत्रमा पुग्ने वैकल्पिक मार्गका रुपमा महत्वपूर्ण मानिने तेली खोलाको पक्की पुल निर्माण कार्य अझै सुरु हुन सकेको छैन । उक्त पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ४ करोड रुपैयाँ बजेट विनियोजन भए पनि कार्यान्वयन […]
केराबारीमा ३९० घण्टे आधारभूत प्लम्बिङ तालिमको उद्घाटन
केराबारी गाउँपालिकामा आधारभूत प्लम्बिङ तालिम (३९० घण्टा) को उद्वघाटन कार्यक्रम सम्पन्न भएको छ। केराबारी गाउँपालिका उपाध्यक्ष मनमाया मगरकाे प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रशासकीय अधिकृत जयराम श्रेष्ठकाे विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। व्यवसायिक तथा सीप विकास तालिम केन्द्र, झापाको आयोजनामा सञ्चालन हुने तालिमको औपचारिक उद्घाटन गरिएको हो। कार्यक्रममा केराबारी गाउँपालिका प्रवक्ता नारायण प्रसाद भूजेल […]
सर्पदंशको निःशुल्क उपचार सेवा दिंदै लेटाङ नगरपालिका, २४ घण्टे सेवा उपलब्ध
लेटाङ : माेरङकाे लेटाङ नगरपालिकाले निःशुल्क रुपमा सर्पदंश उपचार सेवा उपलब्ध गराउँदै आएको छ । २०६७ सालमा नै सर्पदंश उपचार केन्द्र स्थापना गरिएको भएपनि गतवर्षदेखि आधिकारीक रुपमा दर्ता गरि निःशुल्क रुपमा सर्पदशंको उपचार सेवा प्रदान गर्न थालिएको हो । सर्पदंश उपचार केन्द्र सञ्चालनका क्रममा समस्या आएपछि नगरपालिकाले गतवर्ष मंसिरमा आधिकारीक रुपमा सामुदायिक सर्पदंश तथा प्राथमिक […]
रङ्गेलीमा ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रम सम्पन्न
विराटचोक । मोरङको रङ्गेली–१ बबियाविर्तास्थित साहित्य चोकमा भाषा, साहित्य, कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालित ‘किसानसँग सिर्जना संवाद’ कार्यक्रम हिजो शुक्रबार सम्पन्न भएको छ। कोशी साहित्य–कला परिषद् नेपाल मोरङ र रङ्गेली साहित्य कला समाज मोरङको सह–आयोजनामा तथा रङ्गेली नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा किसान, साहित्यकार, स्रष्टा तथा स्थानीय बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमका प्रमुख […]










